• Wed. May 8th, 2024

SPAIN NEPAL COM

स्व. सन्तकुमार थापा प्रति समर्पित ईनास स्पेनको नयाँ म्युजिक भिडियो सार्बजनिक

Byspainnepal

Jul 11, 2021

ईनास स्पेनले ईनास युरोप संयोजक स्व. सन्तकुमार थापाज्यू प्रति समर्पित गर्दै नयाँ म्युजिक भिडियो सार्बजनिक गरेको छ ।

गायक राजमान तामांग,अभिनय अनन्त लामिछाने,दिपिका श्रेष्ठ , सामी गुरुंग , क्यामेरा सुरज मैनाली तथा संजयबिक्रम शाहको अबधारणा/ निर्देशनमा ईनास स्पेनको नयॅा म्युजिक भिडियो सार्बजनिक गरिएको ईनास स्पेनले जनाएको छ । ईनास स्पेनले “हल्का लोभी भो” नयॅा नेपाली म्युजिक भिडियो सार्वजनिक गरेको हो । स्थानीय कलाकार र ऊत्पादनलाई स्पेनबासी नेपाली समुदायको माया, सुझाव र हौसला मिल्छ भन्ने पूर्ण आशाका साथ म्युजिक भिडियो सार्बजनिक गरिएको निर्देशक शाहको भनाई छ।म्युजिक भिडियोको सार्वजनिकका क्रममा सहयोग गर्ने आष्मा खॅाड, क्रिस कार्की लामिछाने एवम पुरुषोत्तम भट्टराई तथा भिडियोको प्रकाशनमा प्रत्यक्ष /अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाई ईनास स्पेनले धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *