• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

स्पेन स्थित ‘एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरू’ को डिनमा पराजुली चयन

Byspainnepal

Feb 7, 2024

स्पेनका लागि नेपाली राजदूत डाक्टर शर्मिला पराजुली ढकाल स्पेनका रहेका एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरूको डिन चयन हुनु भएको छ ।
भारत, चीन, जापान, अस्ट्रेलिया, पाकिस्तानलगायत एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सामेल उक्त राजदूतहरूको समूहको म्याड्रिडमा भएको बैठकले डिनमा सर्वसम्मति अनुसार पराजुलीलाई चयन गरेको हो । यसअघि स्पेनका लागि अफगानिस्तानका राजदूत उक्त समुहको डिन थिए । एसिया–प्यासिफिक क्षेत्रका ४७ वटा देशहरु मध्ये करिब २० देशका राजदूत स्पेनमा रहेका छन् । स्पेनमा पहिलो पटक नेपाली राजदूत उक्त समूहको डिनमा चयन भएको हो । डिन चयन भएपछि पराजुलीले यो एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरुले नेपाललाई दिएको महत्व र सम्मान रहेको बताउनुभयो । उहाँले स्पेनमा रहेका एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरुसँगको समन्वय र सहकार्यमा काम गर्ने बताउनुभयो । उहाँले अब नेपाललाई थप प्रभावकारी रुपमा एसिया प्यासिफिक देशहरुसँग संलग्न गराउने बताउँदै स्पेनसँग एसिया प्यासिफिक क्षेत्रको तर्फबाट कुटनीतिक प्रयासहरु बढाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *