• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

बागलुङ समाज स्पेनको नयाँ कार्यसमिती गठन , अध्यक्षमा प्रगती शर्मा

Byspainnepal

Jul 26, 2023

बागलुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बार्सिलोनामा सम्पन्न दोस्रो अधिवेशनबाट प्रगती शर्मा अध्यक्षमा निर्बिरोध हुनु भएको छ ।

अधिवेशनले उपाध्यक्षमा अरुण घिमिरे र भिम बहादुर विष्ट, महासचीवमा केविन्द्र शाही, सचीवमा दिपेन्द्र परियार, कोषाध्क्षमा प्रवेश पौडेल, र सह–कोषाध्यक्षमा लक्ष्मण प्रताप सिंहलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा विकाश कंडेल,पूर्ण बहादुर थापा, सागर क्षेत्री, कमल केसी बालकृष्ण कंडेल, सन्दिप खत्री, दिवाकर शर्मा सुनिल दर्लामी मगर, धनुदेवी सापकोटा, सरस्वती शर्मा, रिता केसी, नविन कार्की र दिपेश सापकोटालाई निर्वाचित गरेको छ ।

अधिवेशनले स्पेनका विभिन्न क्षेत्रहरुलाई समेट्ने उद्धेश्यले पाइस भास्को– केशव रिजाल, म्याड्रिड– हर्क थापा, कोष्टा बलान्का–दुर्गा बहादुर भण्डारी, ग्रान कानारिया– प्रेम बहादुर केसी र मालागा– विकल प्रताप सिंहलाई निर्वाचित गरेको छ ।

अधिवेशनको प्रमुख अतिथि बागलुङ समाज अन्तराष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष एवं समाजका संरक्षक एकराज गिरीले उदघाटन गर्नुभएको थियो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरिले समाजका हरेक गतिविधीमा आफ्नो निरन्तर साथ सहयोग रहने बताउनुभयो ।
अधिवेशनमा प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नोे कार्यकालमा महिलाहरुलाई समाजमा थप अग्रसर गराउँदै जाने बताउनु भयो। उहाले समाजलाई स्पेनबासी बाग्लुङे दाजुभाई दिदीबहिनीहरुको साझा चौतारीको रुपमा सबैको अपनत्व महसुस गर्ने गरी अगाडि बढाउने बताउनुभयो ।

दोस्रो अधिवेशन सम्पन्न गराउनको लागि समाजका संरक्षक पुष्पराज भण्डारीको संयोजकत्वमा सल्लाकारद्वय विदुर शर्मा र दुर्गा शर्मा रहेको निर्वाचन समिति गठन भएको थियो । सोही निर्वाचन समितिको सिफारिसमा अधिवेशनले २१ सदस्यीय कार्यसमिति र ५ क्षेत्रिय संयोजकहरु निर्विरोध निर्वाचित गरेको हो।

कार्यक्रममा समाजका अध्यक्ष राजु थापाको अध्यक्षता, समाजका उपाध्यक्ष दिपक क्षेत्रीको स्वागत र महासचीव सुदर्शन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *