• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

भ्यालेन्सियाको अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

Byspainnepal

Feb 23, 2024

स्पेनको भ्यालेन्सिया सहरमा दुईवटा जोडिएको अपार्टमेन्टमा ठूलो आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। १९ जना बेपत्ता छन्।

१४ तले ब्लकमा लागेको आगो छेउको भवनमा फैलिएको थियो। सार्वजनिक तस्बिर र भिडियोमा आपतकालीन सेवाहरूले भवनबाट मानिसहरूलाई उद्धार गरिरहेको देखिएको थियो।

भवनमा अत्यधिक ज्वलनशील क्ल्याडिङले आगो तीव्र गतिमा फैलिएको समाचारमा उल्लेख छ। भवनका १३८ फ्ल्याटहरूमा ४५० परिवार बस्दै आएका थिए। २० भन्दा बढी दमकल टोलीले आगो नियन्त्रणमा लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *