• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्यालको उम्मेदवारी

Byspainnepal

Jul 4, 2021

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अध्यक्षमा भुवन अर्यालले उम्मेदवारी दिने भएका छन् । अर्यालले जुलाई महिनामा हुने संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आइतवार एक विज्ञप्ति जारी गर्दै एनआरएनए माल्टालाई नेपालीको साझा र सवल मञ्च बनाउने घोषणा गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

आदारणीय माल्टाबासी अग्रजअभियन्ता तथा आत्मिय साथिहरु,
सबैमा नमस्कार,

शुभचिन्तकहरुको आग्रह, विश्वास र भरोसा अनि समाजसेवाप्रतिको मेरो उत्कृष्ट चाहना समेतलाई मध्यनजर राख्दै एनआरएनए माल्टाको आसन्न निर्वाचन २०२१–२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।

अग्रजहरुको सोच, लगाब र मेहनतमा आज यो संस्था प्रति बिभिन्न प्रतिकुलताको बाबजुद पनि संस्थाको अपरिहार्यता यती छोटो समयमा यसमा आबद्ध सदस्यहरुको चाहले स्प्रष्ट पार्दछकी यो संस्था नै साझा संस्था हो । यस संस्थामा चाख राखी, यसको सम्बृद्धी र मातृभूमी संग जोड्ने सेतुको रुपमा काम गरोस भन्ने पबित्रभावले सदस्यता बनिदिनु हुने सबै माल्टाबासी नेपाली डायस्पोरा प्रति आभारी छु । सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै गर्दा म आज जति उत्साहित छु त्यति नै भावुक र जिम्मेवारबोधको महसुस गर्दैछु ।

म झन्डै ४ वर्ष लामो समयदेखि कर्मभूमिको यो आँगनमा एनआरएनए लगायतका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर आफ्नो अभिभारा निस्वार्थ तवरले पुरा गर्दै आएको तपाईहरुलाई अवगत नै छ ।

मैले जीवनका उर्जामय यो महत्वपूर्ण समय सुखसयल र मोजमस्ती भन्दापनि माल्टामा रहेका नेपालीका लागि, मातृभूमिका लागि र सामाजिक सद्भावका लागि खर्च गरेको तपाईहरु सामु स्पष्ट छ ।

हो मेरो एउटा राजनीतिक आस्था होला, तर सामाजिक कार्यको हकमा मैले आफुलाई विशुद्ध सामाजिक कार्यकर्ताकै भूमिकावाट कहिल्यै बाहिर लगिन र लैजानेपनि छैन ।

पछिल्लो समय माल्टामा नेपालीहरुको संख्यात्मक बृद्धिदर द्रुतगतिमा भएको छ, त्यो संगसंगै धेरै समस्याहरु पनि हामीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भोग्नुपरेको तथ्य सर्वविदितै छ । एनआरएनएको बिगतको पदमा बस्दा मैले आफ्नो समय, बुद्धि र विवेकले भ्याएसम्म हरेक क्षेत्रमा सकृय स्वयंसेवीको भूमिका निर्वाह गरेको छु ।

विगतको लामो एनआरएनए यात्रामा धेरै तितामिठा अनुभव संगालेको छु, नेपाली कला, भाषा र संस्कृति, खेलकुद अनि सामाजिक सद्भावका यात्रामा धेरैपटक तपाईहरुसंग नाचेको छु, हासेको छु र रमाईलो गरेको छु भने दुखको बेला मल्हमपट्टी लगाउन तपाईकै घरआंगनमा हाजिर समेत भएको छु। अनि सातसमुन्द्र पारी सुन्दर भविश्यको खोजीमा आएका नेपालीको पिडामा धेरैपटक भक्कानिएर रोएको छु ।

म कर्म र इमान्दारीतामा विश्वास गर्छु, र एनआरएनएलाई यहाँ रहेका सवै नेपालीको साझा र सवल मञ्च बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको छ । आज मैले उम्मेदवारी घोषणा गर्दैगर्दा एजेण्डाका पोकोहरु वोकेर आएको छैन, एनआरएनएका आफ्ना उद्धेश्यहरु छन्, कार्ययोजना छ ।

यो एउटा पवित्र संस्थाको उचाई र गरिमालाई माथि लैजान हाम्रो समाजमा भएका धेरै विषयवस्तुहरुलाई समेट्न अझै बाँकी भएको हामी धेरैले महसुस गरेकै छौ ।

म अहिले नै यसो गर्छु, उसो गर्छु भन्दापनि सम्पूर्ण शुभचिन्तक तपाईहरुको आवाजलाई अनि यहाँ भएका समस्याहरुलाई सम्वोधन गर्ने एजेण्डाका साथ अघि बढ्छु भन्ने प्रण गर्दछु । म तपाईहरुको माया, विश्वास र भरोसाले हौसिएको छु, तपाईहरुकै उत्प्रेरणाले एनआरएनको अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्षम छु भन्ने निश्चिन्तताका साथ तपाई माझ आएको छु । कोरा एजेण्डाको पुलिन्दा भन्नुभन्दापनि तपाईहरुले हाम्रो नेपाली समाजका लागि जे गर भन्नुहुन्छ, जे अह्राहुनुहुन्छ त्यही इमान्दारीतापूर्वक गर्छु ।

र,म टिमवर्कमा विश्वास राख्ने सामाजिक कार्यकर्ता भएका कारण मेरो नेतृत्वमा रहेको टिमसंगको सरसल्लाह र सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाउदछु ।

त्यसैले आसन्न निर्वाचनमा एनआरएन माल्टाको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दै साझा सवालहरुमा राय सल्लाहलिन निकट भबिश्वमा यहांहरु माझ उपस्थित हुनेनै छु । यहाँहरु सवैको साथ सहयोग र सुझाव सल्लाह को अपेक्षा समेत गर्दछु ।

सदैब यहांहरुकै साथमा रहने प्रतिबद्धता सहित,

हार्दीक आभार,

भुवन अर्याल
पुर्ब सचीव तथा
अध्यक्ष पदको उम्मेदवार, एनआरएनए माल्टा २०२१ .२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *