• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

समाजसेवी अक्कल बोहराद्धारा मुगुको प्रावि स्कुललाई सहयोग

Byspainnepal

Sep 3, 2021

स्पेनको कोस्टाब्लान्कामा बस्दै आउनुभएका पुर्व राष्ट्रिय धावक तथा समाजसेवी अक्कलबहादुर बोहराले आफ्नो समाजसेवाको गतिविधिलाई निरन्तरता दिनेक्रममा हालै मुगुको छायानाथ गाउपालिकाको रुघामा रहेको प्राथमिक बिद्यालयमा सहयोग गर्नु भएको छ । बिद्यालयमा कम्युटरको माध्यमबाट पढाउनका लागि विद्यालयमा रहेको कम्युटरलाई चाहिने अन्य सामाग्री मध्ये अत्यावश्यक प्रिन्टर सहयोग गरेको बोहराले बताउनुभयो । उक्त विद्यालयमा कम्प्युटर भएपनि एउटा सामान्य प्रिन्ट गर्न पनि २ घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । उक्त स्थानमा बोहराको सहयोगमा बाटो समेत निर्माण भैसकेको छ । यस्तै उक्त स्थानमा कुटानीपिसानीका लागि धेरै टाढा सम्म जानुपर्ने बाध्यता रहेकोले अन्न पिस्ने मिल समेत सहयोग गर्न लागेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *