• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली मञ्च स्पेनले अनलाइन तिज गायन प्रतियोगिता गर्ने

Byspainnepal

Aug 18, 2021


प्रवासी नेपाली मञ्च स्पेनले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा अनलाइन तिज गीत गायन प्रतियोगिता गर्ने भएको छ । कोभिडको कारणले प्रत्यक्ष उपस्थित भएर कार्यक्रम गर्न सम्भव नभएकोले अनलाइन मार्फत प्रतियोगिता गर्न लागिएको मञ्चका महासचिव दिनेश राज रेग्मीले जानकारी दिनुभयो । यस प्रतियोगितामा सहभागी हुन चाहनेहरुले यही अगष्टको २५ तारिक भित्र गायनको भिडियो बनाएर पठाउनु पर्ने छ। । प्रतियोगिताको नतिजा सेप्टेम्वर ६ तारिकमा घोषणा गरिने छ । प्रतियोगिताका निर्णायकहरुमा चर्चित गायक गायिकाहरु विमलराज क्षेत्री, पुर्णकला विसी र बैकुन्ठ महत रहनुभएको छ । निर्णायकको ७० प्रतिसत मत र सामाजिक सञ्जालहरुमा आएको भ्युज र लाइकको ३० प्रतिसत मत रहने छ । प्रतियोगिताका विजेताहरु मध्ये प्रथम हुनेलाई २ सय युरो, दोस्रो हुनेलाई १ सय ५० युरो र तेस्रो हुनेलाइ १ सय युरो पुरस्कारको ब्यबस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुने तिज गीत विशुद्ध तिज गीत हुने पर्ने छ भने यसरी पठाइएको गीतको भिडियो ५ मिनेटको हुनुपर्ने छ । यसमा सवै उमेरका महिला या पुरुष सहभागी हुन पाउने छन् । भेषभुषा र स्वर, लय र शब्दलाई प्राथमिकता दिइने छ । राजनैतिक, जातीय र अश्लिल शब्द रहीत गीत हुनुपर्ने छ । गीत ट्रयाक वा लाइभ म्युजिकमा गाउनु पर्ने छ । यसरी तयार गरिएको भिडियो Onfspaindigital@gmail.com इमेल ठेगानामा पठाउन आयोजकले अनुरोध गरेको छ । यस प्रतियोगिताको बारेमा थप जानकारीका लागि प्रवासी नेपाली मञ्चका निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न मञ्चले आग्रह गरेको छ ।
निर्मला तिवारी ६१२४३३६७०
अनन्त लामिछाने ६१०२८३३८७
दिनेश राज रेग्मी ६३२१४८३६५
हेम शेर्पा ६९७४५८२८८

Leave a Reply

Your email address will not be published. Required fields are marked *