• Thu. Apr 18th, 2024

SPAIN NEPAL COM

एनआरएन स्पेन चुनाव–अनलाइन भोटिङ हुने निश्चित, तेस्रो पक्षसँग सफ्टवेर किन्ने तयारी

Byspainnepal

Jul 12, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकालका लागि हुने निर्वाचन अनललाइन भोटिङको माध्यमबाट हुने भएको छ । संघको आइतवार बसेको बैठकले स्पेनमा अहिले कोभिडको नयाँ लहर शुरु हुने खतरा रहेको र भौतिक रुपमै उपस्थित भएर मतदान गर्न सम्भव नहुने भएकोले अनलाइन भोटिङ गर्ने निर्णय गरेको प्रवक्ता सुन्दर रानाभाटले जानकारी दिनुभयो । संघले यसको जानकारी निर्वाचन समितीलाई गराउने र छिटै निर्वाचनको लागि सफ्टवेर किन्ने प्रक्रिया अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म धेरै सफ्टवेर कम्पनीसँग कुराकानी भएको र सस्तो र विश्वसनीय कम्पनीको रुपमा अमेरिकाबाट नेपालीहरुले सञ्चालन गरिरहेको नेपाआइटी भन्ने कम्पनिले बनाएको सफ्टवेर लिने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले छिटै सवै कम्पनिहरुको कोटेसन लिएर निर्णय गर्ने बताउनुभयो । नेपाआइटी कम्पनिले बनाएको उक्त सफ्टवेरले अहिलेसम्म ७ भन्दा धेरै निर्वाचन गराइसकेको र विश्वसनीयता पनि देखिएको उहाँले बताउनुभयो । उक्त कम्पनिका प्राबिधिकहरुसँग निर्वाचन समितीले बसेर डेमो हेरिसकेको छ । उक्त डेमो अनुसार पञ्जिकृत सदस्यहरुले आफ्नो सदस्या आवेदन गरेको इमेल आइडीमा भोटिङ लिंक प्राप्त गर्नेछन् । सोही लिंक मार्फत एक डिभाइसबाट एक भोट गर्न सकिने छ । उक्त सफ्टवेरमा कुनैपनि पदमा आवश्यक संख्या भन्दा धेरैलाई मतदान गर्न नमिल्ने बनाइएकोले बदर मत संख्या शुन्य हुने छ । यस्तै मतदान सकिएको १ घण्टा भित्र नतिजा आउने र मतदानको समयमा पनि खसेको भोटको प्रतिसत हेर्न मिल्ने उहाँले बताउनुभयो । उक्त सफ्टवेर स्पेनको २ हजार २० सदस्यको आधारमा ४ हजार युरो भन्दा कम मुल्यमा प्राप्त हुने उहाँले बताउनुभयो । संघको निर्वाचन यही जुलाई २६ तारिकमा हुने छ । संघको आगामी कार्यकालका लागि अध्यक्षमा उत्तरकुमार राई र शालिकराम डुम्रेबीच प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *