• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह

Byspainnepal

Mar 25, 2021

काठमाडौं ।

सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै शैक्षिक संस्थाहरूमा थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।

वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’को पूर्ण रूपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्न पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *