• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

Byspainnepal

Jun 1, 2021

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।
कोभिड संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार ४:२५ बजे निधन भएको अस्पताले पुष्टि गरेको हो । गम्भीर बिरामी रहेका उनको उपचारमा इसीएमओ प्रविधी प्रयोग गरिएको थियो । तापनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
कोभिड संक्रमण देखिएपछि उनी ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । तर भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि खास सुधार नभएपछि ईसीएमओका लागि मेडिसिटी लगिएको थियो ।
नेपालमा वैकल्पिक राजनीतिको अगुवाई गरेका थापा गएको चुनाबमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार पनि बनेका थिए ।
उनको उपचारका लागि देशविदेशमा रहेका उनका शुभचिन्तकले रकम संकलन गरेका थिए । २४ घण्टामा करिब ५० लाख रुपैया जम्मा भएपछि रकम संकलन कार्य बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *