• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्बाचित

Byspainnepal

May 31, 2021

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् ।

शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

मतदानका लागि कुल २०१३८ मतदाता रहेकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् ।

५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थानमा कृष्ण लामिछाने परेका छन् भने ४ हजार १ सय भोट ४८ मत ल्याएर
तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन्। ५६७ मत ल्याई तिलक केसी चौंथो स्थानमा परेका छन् ।

एनआरएनए अमेरिकाको निर्वाचनमा कुल मत २० हजार १ सय ३८ रहेकोमा १५ हजार ७ सय ६८ भोट खसेको छ । नेजा अमेरिकाका महासचिव किरण मरहठ्ठाका अनुसार ७८.३२ प्रतिशत मत खसेको छ ।

प्रमुख आयुक्त विश्वनाथ बराल, आयुक्तहरु कुल आचार्य, शिवराज पौडेल र वासुदेव रहेको निर्वाचन समितिले मतदान सम्पन्न गरी नतिजा सार्वजनिक गरेको थियो ।

अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *