• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्दारा काभ्रे जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

Byspainnepal

Jun 1, 2021

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक समाजले काभ्रे जिल्लामा ३ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग हस्तान्तरण गरेको छ । विश्वभरी छरिएर रहेका काभ्रे जिल्लाबासीहरुको सहयोगमा उक्त सहयोग पठाइएको समाजका अध्यक्ष दीपक खरेलले जानकारी दिनुभयो । समाजले गत बर्ष पनि जिल्लाका कोभिडको बिरुद्द फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई ३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । अहिले कोरोनाको दोस्रो लहरले नेपालमा झन ठुलो समस्या बढाएको सन्दर्भमा जिल्लामा पनि अक्सिजनको अभाव सिर्जना भएकोले सहयोगको हात अघि बढाइएको संस्थाले जनाएको छ । केन्द्रका अस्पतालहरुमा केही स्वास्थ्य सामाग्री भएपनि गाँउमा समस्या रहेकोले संस्थाले जिल्लाको पाँचखाल कोभिड अस्पतालमा २ थान र खानीखोला गाँउपालिकामा १ थान अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरिएको संस्थाले जनाएको छ । उक्त सहयोग पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई हस्तान्तरण गरिएको छ ।

कोभिडको बिषम परिस्थितीमा जिल्लामा सहयोग गर्न संस्थाका महासचिव मोहन विष्टको संयोजकत्वमा आर्थिक संकलन गरिएको थियो । अहिले पहिलो चरणमा संकलन भएको रकमबाट उक्त सहयोग गरिएको र आबश्यक्ता अनुसार जिल्लामा सहयोग जारी रहने संस्थाले जनाएको छ । साथै संस्थाले यो सहयोगमा साथ दिने एनआरएनए उपाध्यक्ष अर्जुन श्रेष्ठ सहित सबै विदेशमा बस्ने काभ्रेली समुदायलाई धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *