• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनालाई एनआरएनए स्पेनले बार्सिलोनामा स्वागत गर्ने

Byspainnepal

Apr 2, 2021

आगामी साता स्पेनको भ्रमणमा आउन लाग्नु भएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको टोलीलाई गैरआवासीय नेपाली संघ, स्पेनले बार्सिलोनामा स्वागत तथा अन्र्तक्रिया गर्ने भएको छ । स्पेनका विभिन्न क्षेत्रको अबलोकन तथा यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने क्रममा सो टोली अप्रिलको ११ तारिक बार्सिलोनामा पुग्ने र एनआरएनएको तर्फबाट स्वागत तथा अन्र्तक्रिया गर्न लागिएको अध्यक्ष दिनेश गुरुङले जानकारी दिनुभयो । उहाँले बार्सिलोनाबासी नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधी सहितको अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । यस कार्यक्रमको थप विवरण पछि सार्वजनिक गरिने उहाँले बताउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष सहित लुम्बिनी क्षेत्रका मेयरहरुको उच्च स्तरीय टोली लुम्बिनी फाउन्डेशनको निमन्त्रणमा स्पेन आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *