• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा समानान्तर कमिटीको भ्रममा नपर्न आग्रह

Byspainnepal

Apr 14, 2021

प्रवासी नेपाली एकता मञ्च युरोपले पार्टी र संगठनको बिधान विपरित क्रियाकलाप गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ । मञ्चका युरोपका अध्यक्षहरुले सयुंक्त विज्ञप्ती निकालेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा कारबाही गरिएका नेताहरुले हालै पार्टीको प्रवास कमिटी, प्रवासी नेपाली एकता मंचको नामको दुरुपयोग गर्दै यूरोपका केही देशहरुमा समानान्तर कमिटी निर्माण गरेको भनी विभिन्न अनलाइन संचार माध्यमहरुमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रवासमा सम्बन्धित ब्यक्तिको जानकारी र सहमति विना कमिटीहरुमा नाम समावेश गरी अवैधानिक काम गरिएको भन्दै कमिटीमा नाम समावेश गरिएको प्रति हालसम्ममा धेरैले खण्डन गरि सक्नुभएको बाँकीकोे खण्डन आउने क्रम जारी रहेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा पार्टी केन्द्रको विधान र पद्धतिलाई मिचेर गरिएका अनर्गल प्रचारवाजीको भ्रममा नपर्न सबैलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *