• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

युरोपमा पत्रकारले गरे नयाँ बर्षको शुभकामना आदानप्रदान

Byspainnepal

Apr 14, 2021

द्रोण रिजाल, नेदरल्याण्ड्स । नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बिच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका दिन सम्पन्न भएको छ । प्रमुख अतिथि नवनिर्वाचित केन्द्रिय अध्यक्ष विपुल पोख्रेल र केन्द्रिय सचिब शृजना अर्याल, केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रिय सदस्य भीषण राई र जापान शाखाका अध्यक्ष मोहन घलेको समेत अतिथ्यता रहेको थियो । प्रमुख अतिथी पोख्रेलले कार्यक्रमलाई सम्बोधन गर्दै बैदेशिक शाखाहरुले नेपाली पत्रकारिताको बिकास र प्रशिद्धिमा उल्लेख्य योगदान दिएको उल्लेख गर्दै सानातिना तितामिठा कुराहरु त्यागेर मिलेर काम गर्न सुझाब दिदै प्रबासी पत्रकारहरु एक ढिक्का भई पत्रकारिता र पत्रकार हक हितमा लाग्न जोड दिदै नयाँ बर्षको शुभकामना दिएका थिए । त्यसैगरि बिदेशमा बसेर नेपालको माया गर्दै पत्रकारितामा निरन्तरता दिएकोमा खुशी ब्यक्त गर्दै केन्द्रिय सचिब, कोषाध्यक्ष र सदस्यले प्रवासमा नयाँ बर्षको शुभकामना र नयाँ कार्यसमितिलाई बधाई दिएका थिए । प्रवासमा पत्रकारिताको बिकास र चुनौतिको व्याख्या गर्दै जापान शाखाका अध्यक्ष मोहन घलेले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा युरोप शाखाका सदस्य लगायत युरोप भरिका पत्रकारहरुको उपस्थिती थियो । कार्यक्रम सन्चालन महासचिब द्रोण रिजालले गरेका थिए भने लगभग एक घण्टा चलेको कार्यक्रम अनलाइन जुम मार्फत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *