• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनमा आफ्नै अविभाबकबाट बेचिएकी १२ बर्षीय बालिकाको उद्धार

Byspainnepal

Apr 15, 2021

आफ्नै अविभाबकबाट अर्को परिवारमा बेचिएकी एक १२ वर्षीय बालिकालाई स्पेनको प्रहरीले नर्थन सिटी कोरुन्नाबाट उद्धार गरेको छ । उनलाई बेचिएको १ महिनापछि उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त बालिकालाई ४ हजार युरोमा बेचेका उनका अविभावकले साउथ स्पेनको कोरदोवा भन्ने स्थानमा पैसा बुझेका थिए । प्रहरीले तीनजना रोमानियन नागरिकलाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा दुईजना श्रीमान श्रीमती र एकजना उनीहरुका नातेदार रहेका छन् । प्रहरीले यस घटनामा मार्चको सुरुदेखि अनुसन्धान शुरु गरेको थियो । उक्त बालिका लामो समयसम्म स्कुलमा अनुपस्थित भएपछि अबिभाबकलाई सोध्दा उनीहरुले चित्तबुझ्दो कारण दिन नसकेपछि स्कुलले प्रहरीलाई रिपोर्ट गरेको थियो । बेचिएकी बालिका भेटिएको घरमा तत्कालै स्वास्थ्य कर्मचारी पुगेका थिए । अहिले उनलाई हेरचाहको लागि गालिसिया सोसल सर्भिसमा राखिएको छ । उनीमाथी शारिरिक दुुब्र्यबहार भए नभएकोबारे अनुसन्धान र स्वास्थ्य परिक्षण भैरहेको एलपाइसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *