• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

२०७८ सालको जनगणना जेठ २५ गतेदेखि हुने

Byspainnepal

Mar 31, 2021

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भएको हो ।

छलफलमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताएका हुन् ।

यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण संकलन गर्ने उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताएका छन् ।

जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि बताए । मुख्य जनगणनाअघि वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि बताएका छन् ।

जनगणनाको लागि आवश्यक तयारीहरु गरिरहेको उनले जानकारी दिए । सातवटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए ।

स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए । विसं १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०-१० वर्षमा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *