• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

प्रबासी नेपाली एकता मन्च नेदर्ल्यान्ड्समा जिम्मेवारी हेरफेर

Byspainnepal

Jan 14, 2021

नेदर्ल्यान्ड्स/ प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रिय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप संयोजक पुष्प तिमल्सिनाको बिशेष आतिथ्यता रहेको थियो । बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै महत्वपूर्ण जिम्मेवारी समेत हेरफेर गरेको छ।

मन्चंको बैठकले सचिबमा हेम कुमार भुजेललाई सर्वसम्मतले मनोनित गर्दै १९ सदस्यिय कमिटी बिस्तार गरेको छ। बिस्तारित् कमितिमा अध्यक्ष्य: प्रेम काजी गुरुङ ( मनु), सचिव: हेम कुमार भुजेल
सदस्यहरु : टिका राम सापकोटा , राजेन्द्र चापागाइ , बिनोद बस्नेत , उदय नेपाली , केशब राज पाण्डे , लक्ष्मण रिजाल, जोग गुरुङ। रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट , जयलाल सापकोटा ,सुनिल गुरुङ , चन्द्र कुँवर , पूर्ण कंडेल ,जीवन पुन मगर ,नवराज खड्का ( बिनोद ) र डम्बर क्षेत्री रहेका छन्


प्रमुख अतिथी डा.राजन भट्टराईले बैठकमा सम्बोधन गर्दै प्रवासमा रहेर पनि पार्टीलाई हर सम्भव सहयोग गर्न र पार्टीलाई उचाइमा पुर्याउन प्रबासी नेपाली एकता मन्चले देखाएको साहस र तत्परताको प्रसंशा गर्नु भयो भने प्रबास कमिटीको भूमिका पार्टीमा संधै महत्वपूर्ण रहने बताउनु भयो। समसामयिक बिषयमा आफ्ना महत्वपूर्ण कुराहरु राख्दै उहाले केपी शर्मा ओलिको नेत्रित्वमा सुर्य चिन्ह लिएर बिजय हासिल गर्ने बताउनु भयो। पुर्व युरोप उप संयोजक पुष्प तिमल्सिनाले नेकपाका सतिसालहरु कहिल्यै बिचलित नहुने स्पस्ट पार्नु भयो

करिब् ३ घण्टा चलेको बैठकमा मन्चका अध्यक्ष प्रेम काजी गुरुङ्( मनु ) को अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष टिकाराम सापकोटा ज्युले सन्चालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *