• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

नेकपा फुट – प्रवासमा धमाधम गुटगुटका जुम मिटिङ

Byspainnepal

Jan 13, 2021


स्पेन,१३ जनवरी- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघठन गरेपछि नेपालमा नेकपा बिभाजन भएको छ । अदालतले प्रतिनिधी सभा विघठन सम्बन्धि विषयमा टुङो लगाउन बाँकी छ तर नेपालमा नेकपाको ओली समुह र प्रचण्ड माधब नेपाल समुहले आफ्ना गतिविधि तिब्र पारेका छन् । कोरोना महामारीकै बीचामा पनि नेपालमा नेकपाका दुबै समुहले ठुलठुला भेलाहरु गरी रहेका छन् । उनीहरुका भातृसंगठनहरु पनि त्यसैगरी संगठन बनाउन एकअर्काका मान्छे आफ्नो तिर तान्न लागि रहेका छन् । यसैक्रममा प्रवासमा रहेका नेकपाका कार्यकर्ता पनि अहिले दुई समुहमा विभाजित भैसकेका छन् । भलै उनीहरुले औपचारिक रुपमा आफ्ना आफ्ना कमिटी गठन नगरिसकेपनि भच्र्युअल बैठकहरु गरेर नयाँ कमिटी बनाउने तयारी शुरु गरेका छन् ।

प्रवासमा गरेका नेकपा निकट प्रवासी नेपाली एकता मञ्चका नेता कार्यकर्ताहरुलाई अहिले दिनँहु जुमबाट हुने बैठक भ्याउन भ्याइनभ्याई परेको छ । प्रचण्ड नेपाल समुहले केहि दिन अघि अध्यक्ष माधब नेपाल सहित केहि वरिष्ट नेताहरुलाई ल्याएर जुम बैठक गरिसकेको छ । भने १५ तारिक प्रचण्ड सहितको जुम भेला गर्ने घोषणा गरेको छ । यस्तै ओली समुहका पनि दिनँहु बैठकहरु भैरहेका छन् । बुधवार मात्रै उक्त समुहको भेलामा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई, पुर्व युरोप उपसंयोजक पुष्प तिमिल्सेना सहित युरोपका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त फच्र्युअल भेलाले नेदरल्याण्डको प्रवास कमिटीको पुर्न गठन गरेको छ ।

पुर्नगठित कमिटीमा अध्यक्ष्य प्रेम काजी गुरुङ मनु सचिव हेम कुमार भुजेल सदस्यहरु स् टिका राम सापकोटा , राजेन्द्र चापागाइ , बिनोद बस्नेत , उदय नेपाली , केशब राज पाण्डे , लक्ष्मण रिजाल, जोग गुरुङ। रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट , जयलाल सापकोटा ,सुनिल गुरुङ , चन्द्र कुँवर , पूर्ण कंडेल ,जीवन पुन मगर ,नवराज खड्का बिनोद र डम्बर क्षेत्री रहेका छन्

यस्तै केहि दिनअघि पोर्चगल, अष्ट्रिया, स्विडेन, स्विजरल्याड, आयरल्याड लगायतका देशहरुमा पनि प्रवास कमिटीहरु पुर्न गठन गरिएका छन् । दिनँहु जुम मिटिङ र भेलाहरु भैरहेका छन भने आफ्ना आफ्ना समुहका ब्यक्तिहरुको म्यासेन्जर ग्रुप बनाएर छलफल भैरहेका छन् । दुबै समुहले आफ्ना आफ्ना कमिटी बनाउने अन्तिम तयारी गरे पनि घोषणा गरिसकेका छैनन र पर्ख र हेरको अवस्थामा छन् । अदालतको अन्तिम फैसला आएपछि आफ्ना आफ्ना कमिटी बनाउने मनस्थितीमा दुवै पक्ष रहेको देखिन्छ । तर सामाजिक सञ्जालहरुमा एक पक्षले अर्को पक्षको विरोध र आलोचना भने गरिरहेको देखिन्छ ।


नेकपाको प्रचण्ड नेपाल समुहका नेता स्पेनका गंगा भुषालले आफुहरुले छुट्टिनका लागि हतार नगर्ने बताएका छन् । “हामी पर्ख र हेरको अवस्थामा छौ” उनले भने “छुट्टिनै परे हाम्रो पुरानै कमिटि छ त्यहि चलाउला, उहाँहरुले आफ्नै चलाउनुहोला ।”
यस्तै ओली समुहका युरोपका नेता मुक्त गुरुङले आफुहरु सवैसग गला मिलाएर छुट्टिने पक्षमा रहेको बताए । अहिले नै हतार गरेर छुट्टिन नपर्ने तर आफुहरुले आफ्ना नेता कार्यकताहरुसंग निरन्तर सम्पर्क र बैठकहरु गरिरहेको बताए ।

नेकपाको युरोप क्षेत्रमा रहेका १९ वटा प्रवास कमिटी मध्ये १२ वटा अध्यक्ष पुर्व एमाले र ७ वटा अध्यक्ष पुर्व माओवादीको रहेको नेताहरुले बताएका छन् । त्यसमध्ये पुर्व माओवादीका २ जना अध्यक्ष ओली समुहमा लागेको र ओली समुहका केहि नेता पनि प्रचण्ड नेपाल समुहमा लागेको चर्चाहरु भएका छन् । तर दुवै पक्षका आधिकारिक कमिटी गठन नहँुदासम्म को कता लागे भनेर यकिन गर्न सकिने अबस्था छैन् । युरोपका धेरै देशका नेकपाका नेताहरुले आफुहरु अहिले आन्तरिक छलफल गरिरहे पनि पर्ख र हेर को अवस्थामै रहेको बताउँछन् ।

-तस्बिरहरु सामाजिक सन्जालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *