• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

अन्तराष्ट्रिय बाग्लुङ्ग समाजले स्थानीय निकायसंग मिलेर काम गर्ने

Byspainnepal

Mar 28, 2021

अन्तराष्ट्रिय बाग्लुङ्ग समाज र बाग्लुङ्गका स्थानीय निकायहरु बीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनि अन्तराष्ट्रिय बाग्लुंग समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। २०२१ मार्च २८ तारिख आइतवार र्भचुअल माध्यम जुम (Zoom) मार्फत सम्पन्न समाजको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन र खेलकुल क्षेत्रमा अन्तराष्ट्रिय बाग्लुंग समाज र बाग्लुंगका स्थानीय निकायहरु बिच सहकार्य गर्न जोड दिएका हुन्। अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै बाग्लुङ्ग नगरपालीकाका नगरप्रमुख जनकराज पौडेलले विदेशमा बस्ने नेपाली समुदयसंग मिलेर सहकार्य गरि अघि बढ्न इच्छुक रहेको बताए। उनले बाग्लुङ्ग जिल्ला प्रसस्त सम्भवना भएको बताउँदै बाग्लुंगमा लगानीको लागि सम्पूर्ण प्रवासी बाग्लुंगेहरुलाई आग्रह गरे।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जिल्लाको विकासमा हातेमाले गरेरअघि बढ्न सुझाव दिए। उनले जिल्लामा शिक्षा र प्रविधीको विकासमा जोड दिए। अन्तरक्रिया कार्यक्रममा समाजका अध्यक्ष एकराज गिरीले समाज र नगरपालीका बीच सहकार्य गर्न आवश्यक सहमतिपत्र तयार गरेर अघि बढ्नको लागि विषेश प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई नगरप्रमुख पौडेलले सकरात्मक भन्दै समाजलाई आवश्यक सहयोग गर्ने र कानुनी जटीलतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । संस्थाका महासचिव देब पौडेलको संचालन, उपाध्यक्ष रमेश भट्टको स्वागत मन्तब्य, संरक्षकहरु गंगा शर्मा र महेन्द्र के.सी., उपाध्यक्षहरु कृष्ण शर्मा र दिपक गौतमका साथै दिपेन्द्र आचार्य, सिद्धार्थ श्रेष्ठ, राजु थापा, सन्तोष पौडेल, रत्न बि.क., राजु के.सी., ज्योति अधिकारी लगायतका बक्ताहरुले आफ्ना भनाइहरु राख्नु भएको कार्यक्रममा बिभिन्न देशहरुमा छरिएर बसेका प्रवासी बाग्लुङ्गेहरुको उपस्थिती रहेको थियो।

अन्र्तक्रिया कार्यक्रमको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *