![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/630A08C8-872B-4217-84BD-65EB6E539F88-819x1024.jpeg)
स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको २९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५५ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काएका थिए । खेल बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउट समेत रोमान्चक बनेको थियो ।
तर, कुल २२ पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए ।
जियाको प्रहार भिल्लाका गोलकिपर रुलीले बचाएका थिए ।
यससँगै भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ ।
भिल्लाको इतिहासमा यो नै सर्वाधिक ठुलो उपाधि हो ।
![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/4435A0C2-0066-48D2-90FE-30BA3C3AB92F-1024x643.jpeg)
युनाईटेड भने दोस्रो पटक युरोपा लिगको उपाधि जित्न असफल भएको छ ।
यस अघि युनाईटेडले २०१७ मा उपाधि जितेको थियो ।
त्यसयता युनाईटेडले कुनैपनि उपाधि जित्न सकेको छैन ।