• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

पीएनजीसंगको एकदिवसीय अन्तराष्ट्रिय शृँखला नेपाललाई

Byspainnepal

Sep 10, 2021

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको दोश्रो खेलमा नेपालले शानदार जीत निकालेको छ ।
ओमनमा २३४ रनको लक्ष्य पछ्याएको पीएनजीलाई २० औँ ओभरमा ८२ रनमा अलआउट गराउँदै नेपालले १ सय ५१ रनको जीत हात पारेको हो । यससँगै दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय शृँखला नेपालले दुई शुन्यले जितेको छ ।
पीएनजीलाई सामान्य योगफलमा समेट्न नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । ५ ओभर १ बल बलि गरेका सन्दीपले मात्र ११ रन दिएर ६ विकेट लिए । यस्तै सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिं गरेको नेपालले २३३ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ८४ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केशीले ४२ रनको योगदान गरेका थिए ।
यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *