• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

फुटबलको सहर बार्सिलोनामा क्रिकेट मैदान निर्माण हुने

Byspainnepal

May 27, 2021

फुटबलका लागी चर्चित स्पेनिश शहर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको छ । विश्व फुटबलको लकप्रिय खेलाडी मेस्सीको क्लबको गृहनगर बार्सिलोनामा पहिलो क्रिकेट मैदान निर्माण हुने भएको हो । द गार्डियनले रिपोर्ट अनुसार बार्सिलोनाले आफ्ना नागरिकहरूलाई साइकलिङ लेनदेखि खेल मैदानहरूसम्मको नयाँ सुविधाका लागि ३० मिलियन करोड युरो को प्याकेजमा मतदान गर्ने अवसर प्रदान गरेको थियो । बार्सिलोनाले चयन गरेका ८ सय २१ परिआयोजनाहरू मध्ये क्रिकेट मैदानले सबैभन्दा बढी मत प्राप्त गर्यो । यस अभियानको नेतृत्व युवतीहरूको समूहले गरेका थिए । मैदानको लोकेसन, क्षमता र लागत भने अहिले तोकिएको छैन । केही दिन भित्रै क्रिकेट मैदानको डीपीआर तयार परिने बार्सिलोना नगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *