• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

एनआरएनए म्याड्रिड कपको उपाधि कोस्टाब्लान्कालाई

Byspainnepal

Dec 6, 2021

गैर आवासीय नेपाली संघ म्याड्रिडले आयोजना गरेको एनआरएनए म्याड्रिड कप फुटवल प्रतियोगिता २०२१ को उपाधी कोस्टाब्लान्काले जितेको छ । आइतवार म्याड्रिडमा भएको प्रतियोगितामा फाइनलमा एनआरएनए स्पेनलाई ३—१ गोल अन्तरले पराजित गर्दै कोस्टाब्लान्काले उपाधि जितेको हो । उपाधि संगै कोस्टाब्लान्काले नगद ५५० यूरो र ट्रफी प्राप्त गरेको छ ।

बिजयी कोस्टाब्लान्काको टिम 

प्रसिद्ध जंग शाह (कप्तान)

सिदान्त गुरुङ  

कुसल केसी 

धीरज पाण्डे 

तरुन आचार्य    

चिरन आचार्य     

सुचित परियार

सरोज गौतम

बिवश श्रेष्ठ  

सन्देश नेपाल 


प्रतियोगितामा एभरेष्ट एफसी म्याड्रिडको ३ वटा टिम, एनआरएनए स्पेन, एनआरएनए पाइसभास्को, तमु समाज स्पेन र एनआरएनए कोस्टाब्लान्का गरी ७ टिमको सहभागीता रहेको थियो । बाई पाएर सिधै सेमिफाइनल पुगेको कोस्टाब्लान्का म्याड्रिडलाई हराएर फाइनल प्रवेश गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच कोस्टाब्लान्काका सरोज गौतम भए । प्रतियोगितामा विजयी र सहभागी टिमका खेलाडीहरुलाई नेपाली दुतावासका कार्यबहाक राजदुत अर्जुन अधिकारी, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनआरएनए म्याड्रिडका अध्यक्ष मेघनाथ ढकाल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । उक्त अबसरमा एनआरएनएका मानार्थ आईसीसी एकराज गिरी, एनआरएनए स्पेनका संस्थापक विरेन्द्र श्रेष्ठ, एनआरएनए कोस्टाब्लान्काका संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा, एनआरएनए स्पेनका पूर्व उपाध्यक्ष उत्तर कुमार राई, बर्तमान उपाध्यक्ष रोशन पाठक, एनआरएनए स्पेनका पूर्व सदस्य मुकुन्द लामिछाने, एनआरएनए म्याड्रिडका पूर्व अध्यक्ष सुजिल गोले लगायतको उपस्थिती रहेको थियो ।

एनआरएनए म्याड्रिडले यूवा खेलाडीहरुलाई प्रोत्साहान गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिता पूर्ण रुपमा सफल भएको र आगामी दिनमा यस्ता खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने एनआरएनए म्याड्रिडका सचिब सागर श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *