• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेन–पोर्चुगल फ्रेन्ड्ली फुटवल म्याच २० हजार दर्शकले स्टेडियममै हेर्न पाउने

Byspainnepal

May 25, 2021


आगामी जुनको ४ तारिकमा म्याड्रिडमा हुन लागेको स्पेन र पोर्चुगलबीचको मैत्रीपुर्ण फुटवल खेल हेर्नका लागि २० हजार ५ सय दर्शकलाई स्टेडियममै जान अनुमती दिइएको छ । करिब ६८ हजार दर्शक क्षमताको एट्लेटिको म्याड्रिडको वान्डा मेट्रोपोलितानो स्टेडियमको क्षमताको करिब ३० प्रतिसतलाई अनुमती दिइएको हो । त्र कोरोना भाइरसको जोखिम कम गर्न उक्त खेल हेर्न जाने दर्शकले फेस मास्क अनिर्वाय गरिएको छ भने स्टेडियममा धुमपान तथा खान र पिउन अनुमती दिइएको छैन् । कोरोना माहामारी शुरु भएपछि स्पेनमा दर्शक सहित सवैभन्दा ठुलो फुटवल म्याच हुन लागेको हो । उक्त खेल कोभिडका कारण सरेर आगामी जुन ११ तारिकदेखि शुरु हुन लागेको युरो कप २०२० को तयारी स्वरुप हुन लागेको हो ।
स्पेनमा कोरोना भाइरसको कारणले करिब ८० हजारको ज्यान गैसकेको छ भने ३ दशमलब ६ मिलियन जनसंख्या संक्रमित भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *