• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

एनआरएनए पोल्याण्ड महासचिव कबिन्द्रको उपाध्यक्षमा उम्मेदवारी

Byspainnepal

Jul 15, 2021

पोल्याण्ड/गैर आवासीय नेपाली संघ पोल्याण्डको आगमी २०२१-२०२३ कार्यकालका लागि बर्तमान महासचिव कबिन्द्र सुवेदीले द्वितीय उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।

गैर आवासीय नेपाली संघ पोल्याण्डको आगामी जुलाई १९ मा हुने छैठौं महाअधिवेशनको उम्मेदवार दर्ता तथा मनोनयन गर्दे सुवेदीले एनआरएनए पोल्याण्डको द्वितीय उपाध्यक्षको प्रत्यासीका रुपमा आफूले उम्मेदवारी दर्ता गरेको र संस्थाको लागि चाहिने अनुशासित व्यक्तिलाई भोट हाल्न अपिल गरेका छन्।

एनआरएनए पोल्याण्डको बर्तमान महासचिव रहेका सुवेदीले आफ्नो कार्यकालमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने पोल्याण्डबासी नेपालीलाई धन्यवाद दिएका छन्।
आफूले महासचिवमा गरेको कामबाट सन्तुष्ट भएमा फेरि एकपटक सेवा गर्ने मौका माग्दै उनी सामाजिक सञ्जालमा भित्तामा असम्भव र भ्रमित पार्ने काम आफूबाट नहुने भन्छन्।

एनआरएनए पोल्याण्डको संस्थागत विकासको लागि अहम भूमिका निर्वाह गरेका सुवेदीको सरल सिधा जीवनशैली र समाज निर्माणमा तत्पर निःस्वार्थ भावनाका धेरै प्रशंसक भएको मानिन्छ। सुवेदीको अपिल जस्ताको त्यस्तै

पोल्यान्ड निबासी सम्पूर्ण आदरणीय दाजुभाई तथा दिदिबहिनिहरुमा म, कबिन्द्र सुवेदी को तर्फबाट सादर नमस्कार 🙏

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोल्यान्ड को छैठौं राष्ट्रिय महाधिबेशन १९जुलाई २०२१ मा सम्पन्न हुन् गैरहेको यँहाहरु सबैलाई अवगत नै छ l बिगत लामो समय देखि पोल्यान्ड रहेको छु र नेपाली सस्थाहरुको सामाजिक अभियानमा निरन्तर कृयाशील छु lसामाजिक अभियानमा सहभागी हुदै गर्दा यो बदलिदो परिबेसमा तपाइहरु माझ उमेदवारी दिएको छु l गैरआवासीय नेपाली संघ, पोल्यान्ड हाम्रो अधिकार र पहिचानसँग जोडिएको हामि सबैको साझा सस्था होl सस्थाको मुल्य , मान्यता र गरिमा मा कुनै आच नआउने गरि सस्थाको बिधि बिधानलाइ टेकेर सबैको सहभागितामूलक, समावेशि अबधाराणा मा अगाडी बद्ने छु,
गैर आबसिय नेपाली संघ पोल्यान्ड को पाचौं महाधिवेशन बाट सस्था को महासचिव पद मा बसेर सेबा गर्ने अबसर प्राप्त भयो , यो 2 बर्ष को अनुभव बाट केही सिकेर भोगेर केही अनुभव बटुलेको छु , अब को कार्यकाल मा उपाध्यक्ष पद मा बसेर काम गर्दा अनुभव ले सस्था लाई अझ बढी योगदान पुराउने छु भन्ने ठानेकोछु।
यस कार्यकाल मा महासचिव को जिम्मेवारि बहन गरिरहदा मलाई सहयोग गर्नु हुने प्रत्यक्ष वा अप्रत्यक्ष रुप मा सहयोग गर्नु हुने सम्पूर्ण पोल्यान्ड निबासी दाजु भाइ तथा दिदी बहिनी हरु तथा गैर आबसिय नेपाली संघ पोल्यान्ड कार्यसमिति 2019- 2021 का साथीहरू लाई पनि धन्यवाद व्यक्त गर्ने चाहन्छु । अहिले को महाधिवेशन लाई मैले ब्यक्ति गत रूपमा
आफ्नो परिक्षा को रुप मा पनि लियको छु। यदि तपाईं हरु लाई म महासचिव पद मा बसेर काम गेरेको बाट सन्तुष्ट हुनुहुन्छ भने फेरि एकपटक सेबा गर्ने मौका दिनुहुनेछ भन्ने बिश्वास लियको छ ।
म ब्यक्ति गत रूपमा मा सामाजिक संजाल मा ब्यपाक पर्चार मा बिश्वास राख्दिन , सामाजिक संजाल का भिता हरु मा गर्ने नसकिने झुटा आश्वासन बाट नेपाली समाज लाई भ्रमित बनाउन चाहान्न ।
अन्त मा सस्था को लागि चाहिने गर्ने सक्ने बिबेकशिल राम्रो मान्छे लाई जिताउन होस , मलाई नै भोट हाल्नु पर्छ भन्ने छैन
सस्था लाई अनुसासित इमानदार गैर राजनीतिक ब्यक्ति को खाचो छ

धन्यवाद 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *