• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

संस्थाको विरुद्धमा लाग्नेलाई साथ नदिउॅ: एनआरएनए पोल्याण्ड अध्यक्ष

Byspainnepal

Jul 15, 2021

पोल्याण्ड/ सन् २०१९-२०२१ का लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डका अध्यक्ष नरेश सापकोटाको आगामी जुलाई १९ बाट कार्यकाल सकिँदैछ।आफ्नो कार्यकाल सकिन लाग्दा अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा प्राप्त भएको सहयोग र सद्भावका लागि पोल्याण्डमा रहेका नेपाली समुदायलाई धन्यवाद दिएका छन्।

एनआरएनए पोल्याण्डको सन् २०१९ सेप्टेम्बर १ मा सम्पन्न भएको पाँचौ महाधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएका सापकोटाले आफ्नो कार्यकालको अन्तिम समयमा आज एक विज्ञप्ति प्रकाशित गरि “यहाँहरुको माया,साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद” भनेका छन्।न्युज पिएनटिभीसंग सापकोटा भन्छन्,”मेरो कार्यकाल सुरु हुँदै आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभए पछि पोल्याण्डका केहि स्वघोषित समाजसेवीको निर्देशनमा संस्था भित्रकै केहि मुठिभर अराजकहरुलाई प्रयोग गरेर म र संघ माथि षडयन्त्र गर्न लगाइयो जुन पोल्याण्डको नेपाली समाजमा छर्लङ्ग छ।यद्यपी समाजमा स्वार्थीहरु मात्र हुँदैनन् बिना स्वार्थ समाजको भलो गर्ने तप्का पनि ठूलो हुन्छ । त्यही समाजको तप्का र समितिका साथीभाईको सहयोगमा स्थापनाकाल देखि बिषय उठान भएको तर गर्न नसकिएको एनआरएनए पोल्याण्डको कार्यकाल स्थापना भयो,नेपाली बिशेष चाड पर्वमा खेलकुद र सांस्कृतिक कार्यक्रम,कोभिड १९ को महामारीमा सुरक्षाका सामग्री बितरण, आपतकालीन कोषको स्थापना,नेपालमा भेन्टिलेटर खरिदका लागि आर्थिक सहयोग,पोल्याण्डमा मृत्यु भएकाको शव व्यवस्थापन लगायत धेरै काम गरेका छौं।यद्यपी अपेक्षाकृत र कबुल गरिएका शतप्रतिशत काम गर्न सकिएन होला।”

छैठौं अधिवेशन आउॅदै गर्दा संस्थाको औपचारिक पदमै बसेर संस्थाले गरेका निर्णय नमान्ने,संस्थाको गोपनीयता भंग गर्ने,सामाजिक सञ्जाललाई संस्था विरुद्ध प्रयोग गर्ने,अराजक खराब चरित्र भएका,पदलोलुप पात्र र प्रवृत्तिलाई साथ नदिउॅ।यो प्रवृत्तिलाई संस्थाको ढोका बन्द गरेर निरूत्साहित गर्न जरुरी छ अन्यथा त्यस्ता पात्रहरूले संस्थालाई बदनाम गराउँछन् नै संस्थागत योजना अनुसारका काम पनि गर्न नसकिने अध्यक्ष सापकोटा बताउॅछन। तसर्थ यो प्रवृत्तिलाई रोक्ने कार्यमा आगामी आउने नयाॅ नेतृत्व सफल हुने आशामा छन् उनि।

एनआरएनए पोल्याण्डको औपचारिक जिम्मेवारीमा रहे पनि नरहे पनि म तपाईहरु संगै छु। अन्तमा मेरो कार्यकालमा मलाई सहयोग गर्ने समितिका साथीभाई,पोल्याण्डमा रहेका नेपाली समुदाय,संघ संस्था,पत्रकार,नेपाली व्यवसायि,विद्यार्थी सबैमा आभार व्यक्त गर्छन् अध्यक्ष सापकोटा।हेरौं अध्यक्ष सापकोटाद्वारा प्रेषित विज्ञप्ति जस्ताको त्यस्तै।

नमस्ते 🙏
विगत लामो समयदेखि पोल्यान्ड लाई कर्मथलो बनाई बसिरहँदा एनआरएनए पोल्यान्ड मा आबद्ध भई सेवा गर्ने मौका पनि पाए र यस कार्यकालको अध्यक्ष भई कार्यभार ग्रहण गरे सो क्रममा धेरै उतार चढाव अनि समस्या हरु पनि आए तर त्यसका बाबजुद पनि धेरै राम्रा कामहरू पनि भएका छन्।
1️⃣ नेपाली कला र संस्कृति झल्काउने दशै बिशेष कार्यक्रम सम्पन्न।
2️⃣ पोल्याण्डमा बस्ने नेपाली युवा हरूको प्रतिभालाई सम्मान गर्दै फुटबल प्रतयोगिता को आयोजना ।
3️⃣ कोभिड १९ ले पुरै विश्वलाई त्रसित बनाइरहेको बेला जुन समय मास्क को विश्वभर अभाव भइरहँदा पनि धेरै धेरै नेपाली हरु समक्ष मास्क पुर्याउन सफल साथै समस्यामा परेका नेपालीहरुलाई राहत वितरण।
4️⃣ सोही साल पोल्याण्डमा बस्ने ५ नेपालीको असामयिक निधन हुन पुग्यो अनि उहाँहरुको परिवार को सर सल्लाहमा उहाँहरुको पार्थिब शरीर को व्यवस्थापन, कागजपत्र देखि अन्य व्यवस्थापन ।
5️⃣ संस्थाको लागि अति नै आवस्यक रहेको अफिस को सुरुवात र संचालन ।
6️⃣ बिरामी भएका नेपालीहरूको इन्स्योरेन्स को व्यवस्था मिलाउने देखि परेको ठाउँमा सक्दो आर्थिक सहयोग साथै छोरी सियोनाको उपचारार्थ ७३४९ जुलोटी (२,२७,८१९ रुपैयाँ) सहयोग प्रदान ।
7️⃣ दोस्रो कोरोनाको लहर चलिरहेको बेला भेन्टिलेटर व्यवस्थापनको लागि नेपालमा ३लाख ५१ हजार ११० रुपैयाँ सहयोग प्रदान ।

यसरी हेर्दा अपेक्षा राखे अनुरूप नभएका होलान् तर धेरै राम्रा कामहरू भएका छन् मेरो बुझाइ छ।
यस बीचमा सस्थालाई नराम्रो देखाउन खोज्ने र संस्था भित्रका गोपनीयता भंग सम्म गर्ने काम हरु गरी विवादित बनाइयो जुन गलत हो र त्यस्ता संस्थालाई अहित हुने कामहरूलाई रोक्ने प्रयास हरसंभव भएको पनि हो, तर व्यक्तिगत चरित्र खराब भएपछि, कति कुरा हरु सीमा भन्दा बाहिर जाँदा रहेछन् , आशा छ अब आउने कार्यसमिति मा राम्रा व्यक्तिहरू आउनु हुनेछ र पहिले भन्दा संस्था लाई सुदृढ अनि परिपक्व बनाई अगाडि लिएर जानुहुनेछ, अब आउने कार्यसमिति साथी हरुलाई अग्रिम शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
म कार्यसमितिमा नभए पनि संस्था प्रतिको मेरो माया, साथ अनि सहयोग निरन्तर रूपमा रहने नै छ।
हजुर हरुको साथ माया अनि सपोर्ट लागि धेरै धेरै धन्यबाद दिन चाहन्छु।

नरेश सापकोटा
वर्तमान अध्यक्ष
(२०१९-२०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *