• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

सनिसा गुरुङ्गद्वारा एनआरएनए स्पेनको केन्द्रिय सचिवमा-म्याड्रिड क्षेत्र उम्मेदवारी (अपिल सहित)

Byspainnepal

Jul 14, 2021

म्याड्रिड – गैरआवासीय नेपाली संघ, स्पेनको क्षेत्रिय सचिव (म्याड्रिड) पदका लागि कास्कीका सनिसा गुरुङ्गले उम्मेदवारी दिएकी  छिन्। आसन्ननिर्वाचन अन्तर्गत निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार गुरुङ्गले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकि हुन् ।

लामो समय देखि स्पेनको मुख्य शहर  तथा राजधानी म्याड्रिडमा समाजसेवा गर्दै आइरहेका गुरुङ्गले सन् २०१९देखि एनआरएनए स्पेनका विभिन्नपदमा रहेर काम गर्दै आइरहेका छन् ।

एनआरएन स्पेनको नयाँ कार्य समिति (२०२१-२०२३) चयनका लागि जुलाई २६ मा मतदान हुँदै छ ।अनलाइनमाध्यमबाट मतदान गराइनेनिर्वाचन समितिले जनाएको छ ।

केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएका सनिसा एनआरएनए क्षेत्रिय  समिति म्याड्रिड,स्पेनका निवर्तमान महिला संयोजक हुन् । 

विभिन्न सामाजिक संस्थाहरुमार्फत समाजसेवामा सक्रिय गरुङ्ग  स्पेनमा लोकप्रिय मानिन्छन् । कम बोल्ने तर कार्य धेरै र पूण  गरेरै छाड्ने उनको स्वभाव रहेको छ ।

गुरुङ्गका अनुसार’ आजको एनआरएनए हाम्रो एनआरएन र राम्रो एनआरएनए’ र , एनआरएनलाई साँच्चिकै साझा संस्था बनाउने योजना अनुरुप नै म चुनावमा उत्रिएका जानकारी गराउनुभयो ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल गरिएपनि सफल नभएपछि उम्मेदवारी दिँदै निर्वाचनको तयारीमा जुटेको उनले जानकारी दिए ।स्पेनमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुले आफूँलाई समर्थन गरेको पनि उनले जनाए ।

केन्द्रिय सचिव पदका उम्मेदवार गुरुङ्गद्वारा जारी गरेको अपिल –
आदरणीय स्पेनवासी सम्पूर्ण,आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्ते।

‘Women Empowerment & Participation,The Need Of Yesterday,Today & Forever’

महिला सशक्तिकरण र सहभागिता ,हिजो, आज र सदाको आवश्यकता’

  वास्तवमा म आज जे छु र जस्तो छु , यो केवल हजुरहरुको माया र साथको‌ कारणले मात्र छु ।हजुरहरुको प्रेरणाको कारण सामाजसेवालाई निरन्तरता दिनको‌ लागि मैले  गैर आवासीय नेपाली संघ,स्पेन को महाधिवेसन -२०२१ मा केन्द्रिय सचिब (म्याड्रिड क्षेत्र) पदको लागि  उमेद्वारी दिएकी छु।

स्पेन (म्याड्रिड) को बसाईका क्रममा यहाँको नेपाली राजदूतावास संग समन्वय गर्दै धेरै नेपाली दिदीबहिनी एवं दाजुभाई हरुलाई सहयोगगरेको छु।

सुन्दर भबिष्यको खोजीमा बिदेशीन बाध्य हामी नेपालीहरुको परिस्थितीलाई मध्ये नजर गर्दै स्पानिसहरु संग सम्पर्क गरेर म्याड्रिडमाआउनु भएको दिदी बहिनी हरुलाई काम खोजी दिने लगायत बिभिन्न सहयोगहरु गरि नै रहेकी छु।

एन आर एन ए क्षेत्रीय समिति म्याड्रिडको 2019 – 2021 कार्यकालमा महिला संयोजकको भूमिकामा रहि कुशलता पुर्वक कार्यकालसम्पन्न गरेको अनुभब, भबिष्यता न्यौपाने र सियोना श्रेष्ठ हरुको अवस्था प्रति म्याड्रिडको नेपाली समुदाय लाई एकिकृत गर्दै मेरैसंयोजकत्वमा सहयोग अभियान संचालन गरि जिम्मेबारिका साथ पुरा गरेको यहाँहरु सबैलाई अवगत नै छ।

कोरोना महामारीको कारण स्पेनमा लक डाउन भएको गत वर्षको कहाली लाग्दो अबस्थामा म्याड्रिडमा बस्ने धेरै नेपालीहरुलाई राहतवितरण (घर घर पुर्याउने) गर्ने NRNA Madrid को अभियानमा सक्रियताका साथ काम गरेको मात्रै नभएर अहिले नेपालमा भएकोकोरोनाको संकटमा पोखराका ८ परिवारलाई करिब १ महिना भन्दा बढि समयका लागि खाध्यान्नको व्यवस्था पनि गरि रहेको छु।

म्याड्रिडको नेपाली समुदाय संगको घुलमिल र सहकार्यबाट पाएको अनुभबलाई स्पेन भरिको नेपाली समुदाय माझ पुर्याउन, म्याड्रिडक्षेत्रिय समिति र NRNA Spain बिच पुलको काम गरि अझै बढि सहकार्यको वातावरण सृजना गर्न, म्याड्रिड स्थित नेपाली राजदूतावाससंग हातेमालो गर्दै स्पेनवासी नेपालीहरुका समस्या, अप्ठ्यारा र बिबिध कामहरुमा सहकार्य गर्नका लागि एन आर एन ए स्पेनको आगामी2021 – 2023 कार्यकालका लागि म्याड्रिड क्षेत्रको सचिबमा उम्मेद्बारी दिएकि छु।

बिगतमा NRNA Madrid 

मा नेपाली समुदायको सेवा गर्ने अवसर प्रदान गर्नु भए झैं यस पटक पनि स्पेनको नेपाली समुदायको सेवा गर्नेअवसर प्रदान गर्नु हुनेछ भन्ने पूर्ण आशाका साथ सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

अन्तत : कुनै व्यक्ति पूर्ण हुदैंन ,म पनि सिक्ने क्रममा छु र सिक्दै छु,बोलिभन्दा काममा विश्वास गर्दछु।हजुरहरुको साथ र माया प्रतिक्षामा छु । म र मेरोको भावना छोडि, जातिय/राजनितिक/लैङ्गिक/वर्गिय भन्दा माथि उठेर ,हामी र हाम्रो र नेपालीपनको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने अठोट गरेकि छु ।

सनिसा गुरुङ्
म्याड्रिड क्षेत्रको सचिब पदको उम्मेदबार

एन आर एन ए स्पेन

(2021 – 2023 कार्यकाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *