• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए बेल्जियमको कोषाध्यक्षमा पुष्प नेपाल (लोकेन )को उम्मेदवारी

Byspainnepal

Jul 15, 2021

इन्दिरा चामलिंङ्ग

जुलाई १५ ,काजाब्लान्का नेपाली टोल , क्यासेल्लो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी जुलाई २५ मा हुने निर्वाचनमा कोषाध्यक्ष पदका लागि पुष्प नेपाल – लोकनले उम्मेदवारी दिएका छन् ।

पुष्प नेपाल (लोकेन ) क्यासेल्लो – बेल्जियम

पूर्बी नेपालको सिकैचा ताप्लेजुङ जिल्लामा जन्म भइ बिगत सन् २००४ देखि क्यासेल्लो बेल्जियममा स्थायी रूपमा बसोवास गर्दै आएका नेपालले सफल युवा उधमीको पहिचान बनाएका छन् । उनी बेल्जियमस्थित लुभेनमा रहेको चर्चित ‘होटल मालोन एण्ड क्याफे डे ला गार’का मालिक पनि हुन् ।

अत्यन्तै सरल- मृदुभाषी र मिलनसार स्वभावका नेपालले एनआरएनए बेल्जियमको आर्थिक पक्षलाई बलियो र पारदर्शी बनाउन आफूले उम्मेदवारी दिएको निर्धक्क रूपमा भने ।

लोकेन नेपाल भन्छन ‘ गैर आबासीय नेपाली संघको एउटा महत्वपूर्ण आवश्यकता भनेको संघलाई आर्थिक रूपले मजबुत बनाउनु अहिलेको अपरिहार्यता हो । एन आर एन आर्थिक रूपले बलियो भयो भने मात्र बेल्जियममानेपालीका लागि विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ भने नेपालमा आइपर्ने यावत आपत विपद्हरूमा पनि आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ ।’ गम्भीरतापूर्बक सोचेर पनि आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

आफूलाई कुनै राजनैतिक रंग नदिन हार्दिकतापूर्बक आग्रह गर्दै अर्को एक प्रसंगमा नेपालले आफू कुनै राजनीतिक दलको उम्मेदवार नभई बेल्जियममा रहेका तमाम बेल्जियमबासी नेपालीहरूको हकहितका लागि साझा पात्रका रूपमा आफूलाई बुझ्न पर्ने सुझाए ।

गैरआवासीय नेपाली संघलाई राजनीतिबाट मुक्त राख्नुपर्ने तर्क र दरो अडान बोकेका नेपालको भनाइ छ – यो संस्था विशुद्ध परदेशमा बस्ने नेपालीहरूको संस्था हो । यसलाई यो वा त्यो दलको भन्दा पनि तमाम परदेशका नेपालीहरूको संगठन बनाउनु नै आजको आवश्यकता हो ।

झापाली समाज र पूर्वेली समाजको लुभेन क्षेत्रीय संयोजक समेत रहेर सामाजिक क्षेत्रमा सदैब सक्रिय रहँदै आएकोले आगामी दिनमा एनआरएनएबाट समेत अझ बढि क्रियाशील बन्ने र समाज सेवा गर्ने तिब्र आकांक्षा र प्रतिबद्धता जाहेर गर्दै नेपालले भने परदेशमा नेपालीहरू एकापसमा भातृत्वको भावनालाई जिबन्त राख्दै दुख दर्दमा मलम पट्टी लगाउन तम्तयार रहनु पर्छा यो नै नेपालीत्व हो । यसको निम्ति सधै मा अग्र पंक्तिमा रहनेछु ।

सपरिवार क्यासेल्लो बेल्जियमका स्थायी बासिन्दा उनि छोटो समयको अन्तरालमा युबा उधमीको रूपमा स्थापित हुन सफल ब्यक्तित्व नेपाल लगनशील र परिश्रमी नेपालीको रूपमा बेल्जियममा परिचित छन् उनि भन्छन सफलताको कसी नै यही हो । मैले “दु:ख -पीडा र दर्द बोकेको नेपालीहरूलाई मल्हम लगाउने बाटो खोजि रहेको छु ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *