• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

विश्वकप फुटबल छनौट: स्पेन, फान्स, इंग्ल्याण्ड, जर्मनी र इटाली विजयी

Byspainnepal

Mar 29, 2021

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो जित दर्ता गराएको हो ।

अघिल्लो हप्ताको खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको फ्रान्सले गएरातिको जितपछि दुई खेलबाट ४ अंक बनाएको छ । गएराति भएको अर्को खेलमा जर्मनीले रोमानियालाई १–० ले हराउँदा इंग्ल्याण्डले अल्बानियामाथि २–० को जित निकाल्यो ।

यसैगरि स्पेनले जर्जीयालाई २–१ ले हराउँदा डेनमार्कले माल्दोभालाई ८–० ले, स्विडेनले कोसोभोलाई ३–० ले, इटालीले बुल्गेरियालाई २–० ले, स्विट्जरल्याण्डले लिथआनियालाई १–० ले तथा अष्ट्रियाले फारो आईल्याण्डलाई ३–१ ले हराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *