• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

Byspainnepal

Mar 25, 2021

सिन्धुपाल्चोक ।

तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ ।

आज चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित कालिकादेवी माविमा नगरप्रमुख अमानसिङ तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

नगर खेलकुद विकास समितिको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता १४ गते समापन हुनेछ ।

नगरका ११ वटा विद्यालयहरुको सहभागिता रहेको यस प्रतियोगितामा ५०० जना खेलाडीहरुको सहभागिता रहने छ ।

भलिवल (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्शल आर्ट लगायतका विधाका खेलहरु हुनेछन् ।

हरेक विधामा प्रथम हुनेलाई रु. १५ हजार, द्वितीय हुनेलाई रु. १२ हजार, तृतीय हुनेलाई रु. ९ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई २०७८ बैशाख ११ र १२ मा मेलम्चीमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *