• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

ला लिगाको उपाधि एट्लेटिको म्याड्रिडलाई

Byspainnepal

May 22, 2021

यस सिजनको स्पानिश ला लिगाको उपाधी एट्लेटिको म्याड्रिडले जितेको छ । शनिवार भएको फाइनल सरहको खेलमा रियल भालाडोलिडलाई २–१ पराजित गर्दै एट्लेटिकोले समग्रमा ११ औै र पछिल्लो सात बर्षमा पहिलो ला लिगा उपाधि जितेको हो । पहिलो हाफमा १ गोलले पछाडी परेको एट्लेटिकोलाई उपाधि जिताउन दोस्रो हाफमा एंगेल कोरेया र लुईस सुआरेजले गोल गरे । उता उपाधिको दावेदार रहेको रियल म्याड्रिड भिल्ला रियलसँग २–१ ले पराजित हुँदा एट्लेटिकोको उपाधि पक्का भयो । एथ्लेटिकोले कुल ८६अंकका साथ उपाधी जितेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ८४ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७९ अंक रहेको छ । लियोनल मेसी बिना लिगाको अन्तिम खेल खेलेको बार्सिलोनाले आइबारलाई १–० ले हराएको छ । बार्सिलोनाको लागि ग्रिजमानले गोल गरे । मेसीले कोपा अमेरिकाको तयारी अघि बिश्रामको लागि लिगाको अन्तिम खेल छाडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *