• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

राष्ट्रिय सभाका अध्यक्षद्वारा नेपाललाई सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद

Byspainnepal

May 19, 2021

स्पेनको एक्स्त्रेमादुरा सरकारका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भाराले लुम्बिनी गार्डेन फाउन्डेसनको कार्यालय अबलोकन गर्नु भएको छ ।
लुम्बिनी र नेपालको प्रमोसन गर्नका लागि स्पेनमा स्थापित लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको काथेरेस शहरमा बुद्ध पार्क गराउँदै छ ।
स्पेन सरकारले नेपाललाई 10 लाख युरो बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ!
लुम्बिनी गार्डेन फाउन्डेसनको अनुरोधमा एक्स्त्रेमादुरा प्रदेश सरकारले पनि नेपाललाई सहयोग गर्नका लागि स्पेनको केन्द्रिय सरकार समक्ष पहल गरेको थियो । नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र स्पेनको एक्स्त्रेमादुरा सरकारका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भारा बिच नेपालको वर्तमान अवस्था बारेमा बुधवार भिडिओ कन्फेरेन्स सम्पन्न भएको छ । नेपाली दुतावास स्पेनको पहलमा नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन गरिएको पहलमा लुम्बिनी गार्डेन फाउन्डेसनको अनुरोधका आधारमा एक्स्त्रेमादुरा प्रदेश सरकारले पनि स्पेनको केन्द्रिय सरकार समक्ष नेपाललाई सहयोग गर्नका लागि पहल गरेको थियो ।

उक्त भर्चुअल मिटिंगमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्षका साथै संघीय संसदका सांसद डा. सुर्य पाठक, लुम्बिनी गार्डेन फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ, उपाध्यक्ष गोबिन्द सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
साथै स्पेनको तर्फबाट एक्स्त्रेमादुराका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भारा, उहाँको टीम, लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोसे मानुयल र महासचिब एकराज गिरी, स्पेनका पुर्व प्रधान न्यायाधिस, म्याड्रिड स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । उक्त अवसरमा सम्माननीय राष्ट्रिय सभाका अध्यक्षले कोरोना महामारीको चपेटामा परेको नेपाललाई सहयोग उपलब्ध गराउन स्पेन सरकार समक्ष पहल गर्नु भएकोमा एक्स्त्रेमादुरा सरकार र सहयोग उपलब्ध गराउनु भएकोमा एक्स्त्रेमादुराका मुख्यमन्त्री मार्फत स्पेन सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *