• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

नेपाली एकता समाज स्पेनका अध्यक्ष शर्माद्धारा बरेङ गाउँपालिकाको कोभिड कोषमा पचास हजार सहयोग

Byspainnepal

May 20, 2021

बागलुङको बरेङ गाउँपालिका हुग्दीसिरमा जन्मनुभएका दुर्गा शर्माले दिवंगत हुनुभएकी आफ्नी ममतामयी आमा टिकाकुमारी शर्माको सम्झनामा गाउँपालिकाको कोभिड कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने हुनुभएको छ ।

विक्रम सम्बव १९९९ माघ १५ मा जन्मनुभएकी शर्माकी ममतामयी आमा टिकाकुमारी शर्मा, हालको बरेङ गाउँपालिका वडा नं २ तथा साविक हुग्दिशिर गाविस वडा नं ५ बाट विक्रम सम्वत २०५४ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट अत्यधिक मतले महिला वडा सदस्य निर्वाचित हुनुहुन्थ्यो । जतिबेला गाउँमा महिला स्वास्थ्य स्वयंसेविका थिएन त्यतिबेला गाउँघरमा महिला प्रसुति गराउन पुग्नुहुन्थ्यो । उहाँ गाउँकी डाक्टर भनेर चिनिनुहुन्थ्यो । आफ्नो पढ्ने उमेरमा पढ्ने वातावरण नहुँदा आफूले औपचारिक शिक्षा हासिल गर्न नपाएपनि उहाँले नयाँ पुस्तालाई पढाइप्रति निकै उत्प्रेरित गर्नुहुन्थ्यो । त्यतिमात्र होइन उहाँकै पहलमा पहिलो पटक गाउँमा प्रौढ शिक्षा संचालनमा ल्याएर बृद्ध बृद्धाले पनि पढ्नुपर्छ भन्ने जागरण ल्याएको स्थानीयले बताउनुहुन्छ । गाउँमा प्रसुति विरामी भएका महिलाका घरमा टिकाकुमारीको पछिसम्म खोजी हुन्थ्यो । उहाँका २ छोरी, ४ छोरा,१० नाती, ६ नातिनी, ४ पनाति, ३ पनातिनी हुनुहुन्छ ।

२०७८ साल बैशाख २३ गते, ७९ वर्षको उमेरमा दिवंगत हुनुभएकी दुर्गा शर्माकी ममतामयी माताको संझनामा, हाल रोजगारीका शिलसिलामा स्पेनमा रहनुभएका छोरा दुर्गा शर्मा , बुहारी प्रगति शर्माले बरेङ गाउँपालिकाको कोभिड कोषमा उक्त रकम सहयोग गर्ने पहिलो सहयोगी समेत बन्नुभएको छ ।
‘यतिवेला विश्वभरी फैलिएको कोरोना महामारीले हाम्रो देश पनि आक्रान्त बनिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिएसंगैं देशैभरि थुप्रै नेपाली दाजुभाई दिदी बहिनीहरूले ज्यान गुमाउनु परेको छ, ठूलो संख्यामा कोरोना संक्रमित भई उपचारको क्रममा हुनुहुन्छ ।
यस दुःखद घडीमा सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै उपचाररत सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ नेपाली एकता समाज स्पेन्का अध्यक्ष समेत रहनुभएका शर्माले आफ्नो फेसबुक पेजमा यि शब्दहरु पोष्ट गर्दै, ‘यस्तो विषम परिस्थितिमा कोरोना संक्रमित भई उपचारको निम्ति छटपटिंरहनु भएका जनतामा सानो भन्दा सानो भए पनि सहयोग पुगोस भनेर पचास हजार रुपैयाँबरेङ गाउँपालिकाको कोभिड कोषमा सहयोग गर्ने घोषणा गर्दछौं । ’ भन्नुभएको छ ।
‘उक्त रकम आमा टीका कुमारी शर्माको सम्झनामा गाउँ पालिकालाई हस्तान्तरण गर्न लागेको शर्माले बताउनूभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *