• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

रघु पन्तको भनाईप्रति प्रवासी नेपाली एकता मञ्च स्पेनको खेद

Byspainnepal

Mar 1, 2021


नेकपाको प्रचण्ड माधव समुहका नेता रघुजी पन्तले सांसद कोमल ओलीलाई लक्षित गरेर दिएको अभिब्यक्तिको प्रवासी नेपाली एकता मञ्च स्पेनले बिरोध गरेको छ । मञ्चको सोमवार बसेको बैठकले सिङ्गो महिला समुदायलाई होच्याउने गरी आएको पन्तको अभिब्यक्ती खेद जनक रहेको र अभिब्यक्तीका शब्दहरु सुन्नै नसकिने खालका रहेको ठहर गरेको अध्यक्ष हेम शेर्पाले बताउनु भयो । यस्तै बैठकले हालै पुष्पकमल दाहाल प्रचण्डले भारतलाई पनि सहज हुने खालको सरकार गठन गर्ने भनेर दिएको अभिब्यक्तिको पनि निन्दा गरेको छ । नेपाली जनताको बहुमतको सरकारलाई समस्यामा पारेर विदेशीको इसारामा नयाँ सरकार गठनका लागि लाग्नु दुर्भाग्य रहेको भन्दै बैठकले यसबारेमा सचेत हुन सवै नेपाली समुदायलाई आब्हान गर्ने निर्णय गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
यस्तै बैठकले मञ्चको केन्द्रिय समितीलाई बिस्तार गरेर ७३ सदस्यिय बनाएको र केही विभागहरुलाई पुर्णता दिएको मञ्चका सचिव हेमन्त रानाभाटले बताउनु भयो । बैठकमा तत्कालीन प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिनाले केन्द्रिय कमिटीमा नवनियुक्त सदस्यहरुलाई सपथ गराउनुभएको थियो । भच्र्युअल माध्यम मार्फत भएको उक्त बैठकमा संस्थापक अध्यक्ष तिमिल्सिनाले अदालतले संसद पुनर्स्थापना गरे पनि देश केपी ओलीकै नेतृत्वमा अगाडी बढ्ने बताउनुभयो । उहाँले अदालतको फैसलापछि तत्कालका लागि चुनाव सरे पनि भोलीको दिनमा चुनावमा जाने प्रधानमन्त्रीको निर्णय सही सावित हुने बताउनुभयो । उहाँले विदेशीको इसारामा देशलाई गलतबाटोमा लैजान खोज्नेहरुको बिरुद्ध देश या विदेश जहाँ भएपनि सवै नेपालीले प्रतिवाद गर्नुपर्ने बताउनुभयो । बैठकमा तत्कालीन प्रवासी नेपाली मंचका पूर्व अध्यक्ष तथा एनआरएनए युरोप उपसंयोजक मुक्त गुरुङले अहिलेसम्म पार्टी बैधानिक रुपमा नफुटेको भन्दै भोलीको दिनमा पनि केपी ओलीकै नेतृत्वमा नेकपा एक भएर अगाडी बढ्ने बताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *