• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचको सल्लाहाकारबाट बृहस्पति कँडेल निस्कासित

Byspainnepal

Mar 4, 2021


अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले सल्लाहकार बृहस्पति कँडेललाई निस्काशन गरेको छ । उहाँको राजिखुशी एबं इच्छा अनुसार तथा सरसल्लाह बाट नै सल्लाहाकारमा मनोनीत गरिएको भएपनि उहाँ ले सामाजिक संजाल फेसबुकबाट आफु अनबिज्ञ रहेको एबं बिबिन्न बिबाद रहेको भन्ने सन्देश सार्बजनिक गरेको तथा बिबिन्न क्षेत्रबाट सल्लाहकारमा नबस्न दबाब आएको भन्ने जस्ता कुराहरु सार्वजनिक गरेको भन्दै सल्लाहाकारबाट निश्कासन गरिएको मञ्चले जनाएको छ ।
अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचका केन्द्रिय कार्य समितिका पदाधिकारीबाट पटक पटक संपर्क गर्न खोज्दा सम्पर्कमा नआएको र कुनै प्रतिकृया नआएकोले संस्थामा अनुसाशनलाई पालना गर्नुपर्ने कार्यसमितिको बैठकको निर्णय अनुसार उहाँलाई आजैका मितिदेखि [बिहिवार] सल्लाहकार पद बाट निस्कासन गरिएको र आजैका मितीबाट थप २ जना ब्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनीत गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *