• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

तमाङ समुदायको ल्होछारको उपलक्ष्यमा “अन्तराष्ट्रिय भिडियो क्लिप” प्रतियोगिता

Byspainnepal

Jan 27, 2021

विश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकिकृत गर्ने र तामाङ सास्कृतिक जागरण तथा संरक्षण गर्ने उद्देश्यले तामाङ प्रबुद्ध ग्रुपको आयोजनामा विश्वब्यापी “भिडियो क्लिप” प्रतियोगिता भैरहेको छ । तामाङ समुदायको सांस्कृतिक संरक्षण र प्रर्बधन गर्ने ग्रुपको अपेक्षित दिर्घकालिन लक्ष्यलाई थप मुर्तरुप दिन अहिलेको परिस्थितिलाई उच्च प्राथमिकतामा राख्दै यसपालीको ल्होछारमा भिडियो क्लिप प्रतियोगिता आयोजना गरिएको तामाङ सांस्कृतिक अभियान्ता अजय लोप्चन तामाङले स्पेननेपाल लाई बताउनुभयो । यसपालीको ल्होछार सामाजिक सञ्जालमा भन्दै भन्ने नाराका साथ “ अन्तराष्ट्रिय भिडियो क्लिप प्रतियोगिता” तामाङ पहिचानको विश्वव्यापिकरण भन्ने नाराका साथ तामाङ प्रबुद्ध ग्रुपको प्रमुख सदस्यहरु मध्ये अजय लोप्चान स्पेन, विवि स्याङतान तामाङ कोरिया र मनिता मोक्तान तामाङ जापान को संयोजकत्वमा कार्यक्रम सम्पन्न गर्ने निर्णय गरिएको उक्त ग्रुपले जनाएको छ ।

प्रतियोगितामा १ लाख ११ हजार पुरस्कारको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई ५१ हजार र अन्य १२ जना उत्कृष्टलाई ५ हजारका दरले पुरस्कार वितरण गरिने लोप्चनले बताउनुभयो । यसको फाइनल आगामी माघ ९ गते हुनेछ ।
तामाङ संस्कार तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागी आफनो कला मार्फत अग्रपंक्तिमा अग्रसर हुने वन्धुहलाई समाजिक उत्तरदायित्व वहन स्वरुप नैतिक समर्थन तथा थप उत्साह तथा हौसला प्रदानको लागी जतिसक्दो भिडियो क्लिप्सलाई लाईक, कमेन्ट तथा शेयर गरिदिन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *