• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको साधारणसभा सम्पन्न, “नेपाली फस्ट” भनेर काम गरौं राजदुत शेर्पा

Byspainnepal

Jan 31, 2021

कमल पराजुली
स्पेन, ३१ जनवरी / गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् स्पेनको साधारण सभा सम्पन्न भएको छ । भच्र्युअल मार्फत भएको साधारण सभामा प्रमुुख अथितिको रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले प्रवासमा रहेका सवै नेपालीहरुलाई “नेपाली फस्ट” भनेर काम गर्न आग्रह गर्नु भएको छ । “हामी विदेशमा रहे पनि नेपाल र नेपालीको कल्याणलाई मनमा राखेर काम गर्नु पर्छ” उहाँले भन्नुभयो । राजदुत शेर्पाले कोभिडको समयमा एनआरएन र स्पेनमा रहेका अन्य संघसंस्थाले खेलेको भुुमिकाको प्रशंसा गर्नुभयो । कोभिडको समयमा देखिएको नेपालीहरुबीचको एकता कायम राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले डायस्पोरा बलियो भयो भने दुतावासलाई पनि काम गर्न सजिलो हुने भन्दै नेपालीहरुबीचको एकतामा जोड दिनुभयो । उहाँले सिमित जनशक्ति र बजेटको बाबजुत पनि दुतावासले स्पेनबासी नेपालीहरुको समस्या समाधानमा पहल जारी राखेको बताउनुभयो ।
साधारण सभामा एनआरएनए आसिसिका वरिष्ठ उपाध्यक्ष बद्रि केसीले एनआरएनए स्पेन आसिसिको लागी भरपर्दो एनसिसिको रुपमा रहेको बताउनुभयो । उहाँले स्पेनमा विशेषगरी महिला र युवा विभागले गरेको कामको प्रशंसा गर्नुभयो ।उहाँले कोभिडको समयमा ५० वटा देशमा २५ हजार स्वयंम सेवक नेपालीलाई सहयोग गर्न खटिएको भन्दै यस अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । यस्तै आइसिसी महासचिब डाक्टर हेमराज शर्माले कोभिडको समयमा विदेशमा समस्यामा परेका १ लाख ६३ हजार नेपालीलाई सहयोग गरेको भन्दै यस कार्यमा सहयोग गर्ने सवै एनआरएनकर्मीलाई धन्यवाद दिनुभयो । उहाँले एनआरएनएको पहलमा नेपालमा १० अर्बको प्रोजेक्ट सञ्चालन हुन लागेको जानकारी दिदै यसको लागि १ अर्ब संकलन भैसकेको बताउनुभयो ।

साधारण सभामा एनआरएनए युरोप क्षेत्र संयोजक नारायण आर्चाय, युरोप उपसंयोजक मुक्त गुरुङ, आसिसी चिन्तामणी सापकोटा, मार्नाथ आइसिसी एकराज गिरी, आइसिसी सुनिल रानाभाट, एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपाने, एनआरएनए युकेकी उपाध्यक्ष रोजिना प्रधान, एनआरएनए संस्थापक आइसीसी सदस्य विरेन्द्र श्रेष्ठ, नेपाल स्पेन समाजका अध्यक्ष केशवराज कडेल, नेपाल समाज एसोसिएसनका कार्यबहाक अध्यक्ष विनोद शेरचन लगायत स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधीले शुुभकामना दिनुभएको थियो ।
साधारणसभाले महासचिब उमराज ढकालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोविन्द तिमिल्सेनाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, महिला संयोजक समि गुरुङले पेश गर्नुभएको प्रतिवेदन, युवा संयोजक सुरेश शर्माले पेश गर्नु भएको प्रतिवेदन पारित गरेको छ । साधारणसभामा एनआरएनए डेक्सको तर्फबाट उपाध्यक्ष उत्तरकुमार राई र विभिन्न क्षेत्रीय अध्यक्षहरुले आफ्नो प्रगति विवरण पेश गर्नु भएको थियो । साधारणसभामा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले साधारणसमा सहभागी सवैलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो कार्य समितीले कोभिडको समयमा धेरै राम्रो काम गरेको भन्दै यसमा सहयोग गर्ने सवै स्पेनबासीलाई धन्यवाद दिनुभयो । उहाँले साधारणभामा आएका सुझावहरुलाई समेटर आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । महासचिब उमराज ढकालले पहिलो पटक भच्र्युअल मार्फत ठुलो कार्यक्रम गरिएकोले प्राविधिक रुपमा केहि कमजोरी देखिएको भन्दै यसलाई आगामी दिनमा सुधारेर जाने बताउनुभयो । उहाँले साधारणसभामा उठेका केहि जिज्ञाशाहरुलाई थप आगामी बैठक र भेलामा समेत छलफल गरिने भन्दै सभामा पारित भएका सवै प्रतिवेदनहरु एनआरएनए स्पेनको कार्यलयमा उपलब्ध रहेको र जो कोहीले त्यसलाई अध्ययन गरेर सुझाव दिन सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *