• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

युएईले विदेशीलाई नागरिकता दिने

Byspainnepal

Jan 31, 2021

युएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । आफ्नो देशको विकासमा योगदान दिन सक्ने होनाहार विदेशीलाई नागरिकता दिने भएको हो ।

कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई सरकारले विदेशीलाई नागरिकता दिने नयाँ व्यवस्था ल्याएको बीबीसीले उल्लेख गरेको छ । यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

युएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् व्यक्तिलाई नागरिकता दिइने युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताए । उनका अनुसार विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने छन् ।

नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । त्यहाँको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि विदेशीले नागरिकता पाउनेछन् । यूएई नेपालीको पनि श्रम गन्तव्य हो । –एजेन्सी

दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *