• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

ट्रम्पले कस्तो सामाजिक सञ्‍जाल ल्याउँदैछन् ?

Byspainnepal

Mar 22, 2021

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्‍जालको नयाँ प्लेटफर्म ल्याउने भएका छन् । फेसबुक, ट्विटर, स्न्यापच्याटलगायतका सामाजिक सञ्‍जालमा प्लेटफर्महरुले प्रतिबन्ध लगाएका ट्रम्प अबको केही महिनामा नै आफ्नै प्लेटफर्मसहित सामाजिक सञ्‍जालमा फर्कने भएका हुन् । अमेरिकी संसद्‌माथि भएको आक्रमणलाई ट्रम्पले उक्साएको आरो लगाउँदै फेसबुक, ट्विटर, स्न्यापच्याटलगायतका सामाजिक सञ्‍जालले ट्रम्पलाई प्रतिबन्ध लगाएका थिए । त्यसअघि पनि उनले नोभेम्बरमा भएको निर्वाचनमा पनि धाँधली भएको आरोप लगाउँदै आफू जितेको भन्दै आधारविहीन दाबी गरेपछि फेसबुक र ट्विटरले चेतावनी दिँदै उनका पोस्टहरु हटाउने गरेका थिए ।
जनवरी ६ मा पाँच जनाको ज्यान जाने गरि अमेरिकी संसद्‌मा भएको हमलापछि थप आक्रमणका घटनाहरु हुनसक्ने भन्दै ट्विटर र फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएका हुन् । लामो समय मुलधारका सामाजिक सञ्‍जालमा नदेखिएका ट्रम्प अब आफ्नै सामाजिक सञ्‍जालमार्फत देखिने भएका हुन् ।
फक्स न्युजको मिडियाबजसँग कुराकानीमा ट्रम्पका सल्लाहकार जेसन मिलरले अबको दुई–तीन महिनामै ट्रम्पलाई फेरि सामाजिक सञ्जालमा देख्‍न पाइने बताएका हुन् । उनले भनेका छन्, “अब आउने प्लेटफर्म मलाई लाग्छ सामाजिक सञ्‍जालमै ‘हटेस्ट टिकट’ (लोकप्रिय) हुनेछ । यसले सामाजिक सञ्‍जालको ‘गेम’ लाई नै परिभाषित गरि दिनेछ । सबैजना राष्ट्रपति ट्रम्पले के गर्छन् भनेर हेर्न पर्खिरहेका छन्, अब ट्रम्पको आफ्नै प्लेटफर्म हुनेछ ।”
मिलरले उक्त प्लेटफर्मको नाम के हुने भन्‍ने विषयमा जानकारी भने दिएका छैनन् । पूर्वराष्ट्रपतिले ट्रम्पले वाशिङ्टन छोडेपटि आफ्नो निवास मार-ए-लामोमा नयाँ प्लेटफर्मका विषयमा धेरै कम्पनीहरुसँग उच्चस्तरीय वार्ता गरेका थिए ।
मिलरका अनुसार ट्रम्पले दशौं लाख प्रयोगकर्ता हुने गरि योजना बनाइरहेका छन् । उनले भने, “यो नयाँ प्लेटफर्म साँच्चिकै निकै बृहत हुनेछ । हरेकले ट्रम्पलाई सामाजिक सञ्‍जालमा दे‍ख्‍न चाहेका छन् । त्यसकारण लाखौं-लाख मानिसहरु हटाउने गरि उक्त प्लेटफर्म बन्‍ने छ ।”
यसअघि ट्रम्पलाई फेसबुक र ट्विटरले प्रतिबन्ध लगाएपछि उनका ज्वाइँसमेत रहेका वरिष्ठ सल्लाहकार जारेड कुसनरले अन्य सामाजिक सञ्‍जाल जाब र पार्लरमार्फत चर्को आलोचना गरेका थिए । जाब अमेरिकामा अमेरिकी अल्ट-टेकद्वारा सञ्‍चालित सामाजिक नेटवर्किङ सर्भिस हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *