• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

राष्ट्रपति भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबिच भेटवार्ता

Byspainnepal

Mar 22, 2021

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबिच भेटवार्ता भएको छ । उनीहरुबिच सोमबार ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *