• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

चारैतिरबाट काबुल पसे तालिबानी लडाकू

Byspainnepal

Aug 15, 2021

विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।

बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश गरेका हुन् ।

काबुलस्थित संवाददातालाई उद्धृत गर्दै बिबिसीले तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेको जनाएको छ । काबुलमा रहेको अमेरिकी दूतावासबाट भने अमेरिकाले आफ्ना कर्मचारीलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा पठाइरहेको छ ।

करिब ६ सय ब्रिटिस सेनाले आफ्ना नागरिक र अन्यलाई पनि त्यहाँबाट उद्धार गरिरहेका छन् । योसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानी राजीनामा दिनुपर्ने बाध्यतामा आएको बिबिसीले उल्लेख गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *