• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

एनआरएनए स्पेनको सचिवको लागि कोष्टाब्लान्काबाट भरतराज न्यौपाने सिफारिस

Byspainnepal

Aug 16, 2021

गैर आवासीय नेपाली संघ, स्पेनको क्षेत्रगत सचिवको लागि क्षेत्रीय समिती कोस्टाब्लान्काले भरतराज न्यौपानेको नाम सिफारिस गरेको छ । सोमवार बसेको क्षेत्रीय समितीको बैठकले बिधान अनुसार एनसीसीमा क्षेत्रको प्रतिनिधित्व गर्ने सचिव पदका लागि न्यौपानेको नाम सिफारिस गरेको क्षेत्रीय अध्यक्ष देवराज सापकोटाले जानकारी दिनुभयो । क्षेत्रले गरेको सिफारिस अनुसार एनसीसीको बैठकले न्यौपानेलाई सचिवमा मनोनित गर्ने छ । एनसीसीको बिधान अनुसार निर्वाचनको समयमा ३ वटा क्षेत्रको मात्रै प्रतिनिधित्व भएको र नयाँ गठन भएको कोस्टाब्लान्का क्षेत्रीय समितीको तर्फबाट एकपटकलाई क्षेत्रको सिफारिसमा सचिव मनोनित गर्ने प्रावधान अनुसार न्यौपानेको नाम सिफारिस गरिएको सापकोटाले बताउनुभयो । साथै सोमवारको क्षेत्रीय समितीको बैठकले ३ जना सदस्यहरु मनोनित गरेको छ । माया अधिकारी पौडेल , पिन्की अर्याल र निराजन लुईटेललाई सदस्यमा मनोनित गर्दै १५ सदस्यिय क्षेत्रीय समितीलाई पुर्णता दिइएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

आगामी बैठकबाट सल्लाहकारहरु समेत चयन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाको अध्यक्षतामा बसेको क्षेत्रीय समितीको पहिलो बैठकमा कार्यसमितीका पदाधिकारी सहित आमन्त्रित रुपमा संस्थापक आइसीसी सदस्य बिरेन्द्र श्रेष्ठ, क्षेत्रीय समितीको संस्थापक अध्यक्ष सुरेन्द्र भुजेल थापा, एनसीसी सदस्यहरु रीता आर्चाय, कमल पराजुलीको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *