• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

एनआरएनए अमेरिकाको मेम्बरशिप ड्राइभ कार्यक्रम सम्पन्न

Byspainnepal

Feb 17, 2021

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका निम्ति निर्माण हुने नया कार्यसमिति चयनका लागि योग्य मतदाता सहीत सदस्य बन्ने गरी सदस्यका लागि आवेदन दिने समय सकिएको छ ।

सकिने बित्तिकै मेम्बरशिप भेरिफिकेशन कमिटिले हिजो नै सदस्यहरुको प्रारम्भिक संख्या सार्बजनिक गरिसकेको छ। जस अनुसार, २१ हजार ८ सय ५४ जनाको आबेदन परेको मेम्बरशिप भेरिफिकेशन कमिटिका चेयर डाक्टर राजन पन्तले जानकारी दिनुभएको छ। आएका आवेदन मध्ये २ हजार ३ सय १४ जना लाईफ मेम्बर र १५ हजार ५ सय ७९ साधारण सदस्यलाई उक्त कमिटीले स्वीकृत गरेको छ। आएका आवेदन मध्ये ३ हजार ९ सय ६१ माथि छानबिन हुन् बाँकी नै रहेको छ।

उक्त जानकारीलाई एनआरएनए अमेरिका लगायत बिभिन्न मिडियाका फेसबुक पेज मार्फत लाइभ प्रसारण गरिएको थियो।

“२०२१ फेब्रुअरी १५ को ११.५९ (PM) अमेरिकी पूर्वीय समयसम्म पेमेन्ट पूरा भएर मेम्बर्शिप भेरिफिकेसनमा आएका सबै आवेदन अप्रुभ हुने वा नहुने बारे हामी फेब्रुअरी १८ सम्ममा कारण सहित ईमेल गर्ने छौ । अप्रुभ नभएका आवेदनलाई आवेदनमा उल्लेख भएको इमेलमा अप्रुभ नहुनुको कारण र आवेदनलाई सच्याउन फेब्रुअरी २२ तारिखको ११.५९ PM (EST) सम्मको समय (cut off date) दिइने छ । त्यो दिन पश्चात् अप्रुभ हुन नसकेका आवेदनहरु पेण्डिंग मैं रहने छन्।” भेरिफिकेशन कमिटिका चेयर राजन पन्तले बताउनु भएको छ ।

यो संख्या भेरिफिकेशन कमिटीले प्रमाणित गरेका सदस्यहरुको संख्या हो । यी सदस्यहरुलाई सुपरिवेक्षण कमिटीले प्रमाणित गरेपछि मात्र आधिकारीक मानिनेछ ।

“हटाउन वा पुन: रिभ्यु गर्नुपर्ने अवस्था हुनसक्ने कारणले गर्दा यो संख्या एनआरएनए अमेरिकाको बिधान र सदस्यताका लागि आवश्यक रिक्वायरमेन्टका आधारमा घटबढ हुनसक्ने सम्भावना रहन्छ।” भेरिफिकेशन कमिटीका चेयर राजन पन्तलाई उदृत गर्दै एनआरएनए अमेरिकाका मिडिया कोअर्डीनेटर सतीश चापागाईंले बताउनु भयो।

सबै जना सदस्य अप्रुभ भएमा सदस्य संख्या २१ हजार ८ सय ५४ पुग्ने छ। नभएपनि यो संख्या अहिलेसम्मको धेरै हो।

एनआरएनए अमेरिकामा यति धेरै संख्यामा सदस्य बनेका सबैतिर खुशियाली छाएको छ। अध्यक्ष सुनिल साहले सबैलाई हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्नु भएको छ।

“मेम्बरसिप ड्राइभका क्रममा निकै उत्साहप्रद रुपमा अमेरिकाबासी गैर आवासीय नेपालीले संघप्रति विश्वास जनाई सदस्यता लिनुभयो । धेरैं गैर आवासीय नेपालीले यस अभियानमा चासो र सक्रियता देखाउनुभयो । यो बीचमा हामी अमेरिकाबासी धेरैं गैर आवासीय नेपाली समक्ष पुग्न सक्यौं । धेरैंले संस्थालाई विश्वास गरी गैर आवासीय नेपाली संघ, अमेरिकाको छाता भित्र गोलबन्द हुने चाहना राखी सदस्यता लिनुभयो । तपाईहरु जसले सदस्यता लिनुभएको छैन तपाईहरु पनि गैर आवसीय नेपाली संघ, अमेरिकाको परिवार भित्रनै हुनुहुन्छ । प्राविधिक रुपले मतदाता बन्न तपाईहरु नसक्नुभएपनि संस्थाले प्रदान गर्ने जुन सुकैं सेवाका लागि तपाईहरु पनि उत्तिकैं हिस्सेदार हुनुहुन्छ ।” हिजो राती नै अध्यक्ष सुनील साहले एक बिज्ञप्तिमा भन्नुभएको छ।

सबैको सामुहिक प्रयास र यथेष्ट साथ, सहयोग अनि सक्रियताले गर्दा मेम्वरसिप ड्राइभ सफलता पूर्वक सम्पन्न हुन सकेको भन्दै मेम्वरसिप ड्राइभ कमिटिका संयोजकको बुद्धि सुवेदीले कमिटिका तर्फबाट सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको छ ।

गैर आवसीय नेपाली संघ, अमेरिका बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वतन्त्र सामाजिक व्यक्तित्वहरुले पनि यो उत्साहपूर्ण सफलतामा खुशियाली ब्यक्त गर्दै आआफ्ना विचार सार्बजनिक गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *