• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले फोटो प्रतियोगिता गर्ने

Byspainnepal

Feb 18, 2021


अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा फोटो प्रतियोगिता गर्ने भएको छ । सन् २०१७ मा स्थापना भएको समाजले काभ्रे जिल्लाको पर्यटकीय स्थानहरुको प्रचारप्रसार र प्रर्बद्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता गर्न लागेको हो । राजधानीसँगै जोडिएको र धेरै सम्भावना भएपनि पछाडी परेको काभ्रेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फोटो प्रतियोगिताले सहयोग गर्ने समाजले जनाएको छ । काभ्रे जिल्लामा चर्चित मठमन्दीर र मनमोहन पर्यटकीय स्थानहरु भएपनि तिनको प्रचारप्रसार हुन नसकेकोले सम्भावना भए जति पर्यटक आकर्षित हुन सकेको छैनन् । त्यहाँका सम्पुर्ण पर्यटकीय क्षेत्रलाई फोटो मार्फत विश्वभरी चिनाउने र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष दीपक खरेलले बताउनुभयो । प्रतियोगिताका लागि छिट्टै एक समितीले बनाउने र त्यसले प्रतियोगिताको नियमहरु तथा प्रक्रियाहरु सार्वजनिक गर्ने उहाँले बतनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *