• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

अन्तराष्ट्रिय बाग्लुङ समाजद्वारा जिल्लामा कोभिड विरुद्द लड्न सहयोग जारी

Byspainnepal

Jun 18, 2021


अन्तराष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लामा कोभिड महामारी बिरुद्ध लड्न सहयोग जारी राखेको छ । समाजले १७ लाख रुपैया बरावरको सहयोग जिल्लामा पठाएको छ । विश्वभरी छरिएर रहेका प्रबासी बाग्लुङबासीहरुको तर्फबाट सहयोग संकलन गरेर जिल्लाका बिभिन्न स्थानमा सहयोग पठाइएको समाजका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । समाजले कोभिडको पहिलो लहरको समयमा जिल्लामा १० लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । अहिले चलिरहेको दोस्रो लहरमा थप ७ लाख रुपैया बरावरको स्वास्थ्य सामाग्री वितरण गरिएको गिरीले जानकारी दिनुभयो । साथै यो सहयोग निरन्तर रहने उहाँले बताउनुभयो । यसको लागि समाजका उपाध्यक्ष कृष्ण शर्मा, रमेश भट्ट, दिपक गौतम सचिव दिपेन्द्र आचार्य, प्रेम सागर पौडेल, सहकोषाध्यक्ष महेश खाती र विभिन्न देशका अध्यक्षहरु अहोरात्र खट्नु भएको अध्यक्ष गिरीले बताउनुभयो । यस्तै नेपालमा उपाध्यक्ष बेलुकाजी थापा, एसिया संयोजक विष्णु चापागाई, कार्यलय प्रमुख सुरेन्द्र कडेल, संरक्षकहरु होमनाथ शर्मा र गंगा शर्माले समन्वय गरिरहनुभएको उहाँले बताउनुभयो ।

वितरण भएको स्वास्थ्य सामाग्रीको विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *