• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

स्पेनको कोस्टाब्लान्काको समाज एकता घोषणा

Byspainnepal

Jun 21, 2021

स्पेनको कोस्टाब्लान्कामा रहेका दुइवटा सामाजिक संस्थाको बीचमा एकता भएको छ । नेपाल समाज एसोसिएसन र नेपाल स्पेन समाजबीच एकता भएको घोषणा गरिएको हो । एसोसिएसनका अध्यक्ष अक्कल बहादुर बोहोरा र समाजका अध्यक्ष केशव राज कडेंलले समाज एक भएको सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । आइतवार भएको सहमती अनुसार स्पेनका कानुनी रुपमा दर्ता भएको संस्था नेपाल समाज एसोसिएसनलाई नै यस क्षेत्रको एक मात्र सामाजिक संस्था मानेर जाने सहमती भएको छ । सहमती पछि आसन्न एनआरएनए क्षेत्रीय समिती कोस्टाब्लान्काको आसन्न निर्वाचनमा सवैले अध्यक्षका उमेद्वार अक्कलबहादुर बोहरालाई समर्थन गरेर जाने घोषणा गरिएको छ । पुर्व नेपाल स्पेन समाजका अध्यक्ष केशबराज कडेलले समाज एक भैसकेकोले आफुले अध्यक्षमा दिएको उमेद्वारी फिर्ता लिएर बोहरालाई समर्थनज गरेको घोषणा गर्नु भयो । उहाँले लामो समय विभाजित अबस्थामा रहेको समाजलाई एक बनाउन मुख्य भुमिका खेल्ने बोहरालाई सहयोग गर्न सवै कोस्टाब्लान्काबासीलाई आग्रह गर्नुभयो ।
सहमती पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *