![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/05/2AD02481-29E1-4DF7-9A7D-A08DD2B77EC9.jpeg)
काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो ।
नेपाली सांगितिक क्षेत्रमा गायक तथा संगितकारका रुपमा उनको विशिष्ट पहिचान छ । नेपालमा पहिलोपटक गितार बजाएर सांगितिक कला प्रस्तुत गर्ने प्रधान पहिलो थिए ।
भारतका लोकप्रीय कलाकार उषा मंगेशकरसँग उनले माइतीघर चलचित्रका लागि युगल गीत समेत गाएका थिए । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड छ ।
प्रेमध्वज प्रधानका पत्नी किरण देवी र दुई छोराहरु प्रसन्न र कविर प्रधान छन् ।