• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनमा अस्थायी बेरोजगारी लाभ ERTE को अबधी सेप्टेम्वर ३० सम्म लम्बिने

Byspainnepal

May 6, 2021

स्पेनको सरकारले कोभिडको कारण बेरोजगार भएकाहरुलाई दिने सहायता अस्थायी बेरोजगारी लाभ ERTE को अबधि आगामी सेप्टेम्बर ३० सम्मका लागि बढाउन प्रस्ताव गरेको छ । सरकारकी श्रम मन्त्री योलान्डा दियाजले ERTE को अबधी बढाउन सिफारिस गरेको बताएको युरोपा प्रेसले जनाएको छ । सरकारले पछिल्लो पटक यसको अबधी यही मे को ३१ तारिकसम्मका लागि तोकेको थियो । तर आगामी समरसम्म यसको अबधी बढाइने भएको हो । स्पेन सरकारले राखेको लक्ष्य अनुसार बयस्क जनसंख्याको ७० प्रतिसतलाई खोप दिइसक्ने भनिएको अबधीसम्म यो बेरोजगारी लाभ लाई समेत बिस्तार गर्न लागिएको हो । सरकारले यसमा रहेको अहिलेकै ब्यवस्था अनुसार अबधी बढाउन सिफारिस गरेको छ । अहिले तलबको ७० प्रतिसत बेरोजगारी लाभ को रुपमा दिने गरिएको छ । यसको निर्णय राज्यको सामाजिक सुरक्षा तथा रोजगार सचिवालयले गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *