• Fri. Jul 19th, 2024

SPAIN NEPAL COM

कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

Byspainnepal

May 27, 2021

कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो ।

एसोसिएनका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री १० दिनभित्र काठमाडौं पुग्नेछ ।

अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकता अनुसार सातै प्रदेशमा पठाइने बताए । ‘अक्सिजनको अभाव भएर एक मुठी स्वास फेर्न पनि मुस्किल परेको र स्वास्थ्य सामग्रीको अभावमा उचित स्वास्थ्य उपचार पाउन नसकेर अकालमा ज्यान गइरहेकोले कारुणीक दृश्यले हामी विदेशमा शान्तिसँग बस्न सकिरहेको छैन । मातृभूमिमा विपद परेको अवस्थामा कतारका व्यवसायीहरु एकजुट भएका छौं’, उनले भने ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजको संरक्षकत्वमा एसोसिएसनले रकम संकलन गरेको हो । एसोसिएसनका महासचिव रमेश भट्टले ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए ।

कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाल बिजनेस एसोसिएसनले मात्रै कानुनी मान्यता पाएको छ । कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरु संचालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *